६६ हजारसहित ८ जना जुवाडे पक्राउ,कुनैपनि दोषीलाई छाड्दीन –निरिक्षक जोशी

पोखरा १ कार्तिक
पोखरा –१५ नयाँ गाउँमा ६६ हजार ३ सय ७५ रुपैयाँसहित ८ जना जुवाडे पक्राउ परेका छन् । नयाँगाउँकै अञ्जु थापाको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारले उनीहरुलाई पक्राउ गरेको हो ।juwatasप्रहरी निरिक्षक वेदप्रसाद जोशीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।

पक्राउ पर्नेहरुमा घरवेटी अञ्जु थापासँगै आशा गुरुङ, विकास गुरुङ, अमृत गुरुङ, घमबहादुर गुरुङ, हरिमान तामाङ, उत्तम मल्ल र सुरेश गुरुङ रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी जुवा ऐन अन्तर्गत कारवाही गरिने जोशीले जानकारी दिए । दसैंको बेला सामान्य रमाइलोका लागि जुवातास नखेली उनीहरु पेशेवर जुवाडे भएको सूचनाका आधारमा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुनैपनि दोषीलाई छाड्दीन –निरिक्षक जोशी

bed

विभिन्न घटनामा प्रहरीसमेत संलग्न भएको वा मुछिएको घटनाहरु बेलाबेलामा आइरहन्छन् । त्यसमा पोखरा पनि अछुतो छैन । पोखरामा सरुवा भएर आउने प्रहरीलाई अपराध र गुण्डागर्दी गर्नेसँग साँठगाँठ नगरिकन काम गर्न चुनौती छ भन्ने गरिएको छ । पोखराको रामबजार आसपासको क्षेत्रपनि धेरै गुण्डागर्दी हुने, चोरी डकैती तथा जुवातास हुने क्षेत्रको रुपमा लिने गरिएको छ । वडा प्रहरी कार्यालय रामबजारले यस आसपासको क्षेत्रको शान्ति सुरक्षा व्यवस्था मिलाउँदै आएको छ ।

रामबजारमा हालसालै प्रहरी निरिक्षक भएर आएका बेदप्रसाद जोशीले आएको केही दिनमै नतिजा देखाउने गरी काम गरेको भन्दै गल्ती गर्नेलाई कानुनी दायरामा ल्याएरै छाड्ने दाबी गरेका छन् । शनिबार मात्रै ८ जना जुवाडेलाई पक्राउ गरेका जोशीले मुलतः रामबजार क्षेत्रमा युवा केन्द्रीत सुरक्षा व्यवस्था अपनाउने बताएका छन् । ८ बर्षदेखि प्रहरी सेवामा लागेका जोशी महानगरीय प्रहरी बृत बालाजु काठमाडौंबाट पोखरा सरुवा भएका हुन् ।

‘कुनैपनि क्षेत्रमा जानुभन्दा पहिले त्यस क्षेत्रको बारेमा बुझ्नुपर्ने हुन्छ । मैले रामबजार क्षेत्रलाई अध्ययन गरेको छु’, जोशीले भने, ‘यहाँ बढी चोरीडकैती, लागुऔषध, गुण्डागर्दी तथा जुवातास खेलिने रहेछ । त्यसैले यहाँ युवा केन्द्रित सुरक्षा व्यवस्था अपनाउँदै छु ।’ उनले गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउँदा भनसुन तथा आर्थिक प्रलोभन लगायतका काम नगर्न आग्रह गर्दै कुनैपनि हालतमा दोषी नछुट्ने दाबी गरेका छन् । चाडवाडका बेला आपराधिक तथा विभिन्न अवान्छित घटना हुन सक्ने भन्दै उनले दसैं विशेष सुरक्षा योजना कडाईका साथ लागु गरिएको बताए ।

Comments are closed.