पत्रकारले गरे मानविय सेवा, अस्पतालको निःशुल्क उपचार
पोखरा १ फागुन । बुढ्यौलीले पेल्दै गएको ज्यान । विपन्न गाउँ । मष्तिष्कघातले निम्त्याएको पक्षघात । गर्दै आएको पेशा पनि गर्न नसक्दा बढेको आर्थिक अभाव । यि सबै कुराले थला परेका थिए राम बहादुर परियार । ६ महिनादेखि तनहुँको हुक्का–८ का राम बहादुर परियार (ढोरेली दाई) ले अब भने उपचार पाउने भएका छन् । आर्थिक विपन्नताका कारण लामो समयदेखि पक्षघातले थला परेका परियारलाई पत्रकारको टोलीले उपचारका लागि पोखरा ल्याउका छन् भने अस्पतालले निशुल्क उपचार गरिदिने भएको छ ।
परियारलाई नेपाल पे्रस युनियनका अध्यक्ष बद्री सिग्देल, पत्रकार श्रीराम सिग्देल र दामोदर सिग्देलको पहलमा उपचारका लागि पोखरा ल्याईएको हो । अर्काका कपडा सिलाएर दैनिक गुजारा चलाईरहेका परीयारको घरमा पुग्दा अत्यन्त दयनिय अवस्थासहित रोगले ग्रसित देखेपछि उपचारमा मानविय सहयोग देखाएको अध्यक्ष सिग्देलले जानकारी दिए ।
उनको हाल गण्डकी मेडीकल कलेज पोखरामा उपचार भईरहेको छ । परियारको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च मेडीकल कलेजले निशुल्क गर्ने सञ्चालक खुमा अर्यालले प्रतिवद्धता जनाएको पत्रकार सिग्देलले जानकारी दिए । उपचाररत परियारको स्वास्थ्य अवस्था बुझ्न कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल पनि बिहिवार उनलाई राखिएको शैयामा पुगेका थिए । आर्थिक विपन्नताका कारण उपचार नै नपाई मृत्यु संघर्ष गरिरहेका परियारको निशुल्क उपचार गराउन पाँउदा अस्पताल प्रशासन गौरवान्वित महशुस गरेको पनि खनालले जनाए । यस्तै कुनैपनि आयस्रोत नभएका परियारको थप उपचार र जीवनयापनका लागि उनको सहयोगमा संग्लग्न पत्रकारहरुले आर्थिक संकलन अभियान पनि सुरु गरेका छन् ।
हालसम्म किहँु –८ हुक्का घर भइ हाल अष्ट्रेलिया रहेका पुछार घरे देव कुमारले दश हजार रुपैया, सोही स्थानका गैरारे नारायण लम्साल (हाल कतार) ले पाँच हजार रुपैयाँ, मञ्जु लोहनीले पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता आएको पनि पत्रकार सिग्देलले जानकारी दिए ।
अभियानमा लागेका सिग्देलका अनुसार पुस्तौदेखि कपडा सिलाउँदै आएका रामबहादुरले सिलाएको कपडा किहुँका हरेक नागरिकले प्रयोग गरेका थिए । ‘उनैले सिलाएको कपडा लगाएका धेरैभन्दा धेरै व्यक्तिहरु सांसद, सरकारी उच्च ओहोदामा पुगेका छन् तर परियार आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुनुपर्दा सबैलाई दुखित बनाएको छ’, सिग्देलले भने । उनले सिलाएका कपडा लगाएका व्यक्तिले मात्र पनि उपचार र जीवनयापनमा सहयोग गर्न सके मानविय सेवाको उल्लेख्य उदाहरण बन्ने पनि उनले बताए ।
Comments are closed.