सराङ्गकोट ,पदेली कि बागेश्वरिमा फ्रान्सकि ‘लिलि’ को राज

उत्तम पौडेल

पोखरा हटलाईन , पौष,८,२०७७

पोखरा महनगरपालिका वडा नं १८ पदेली स्थित पौराणिक महत्व बोकेको बागेश्वरि मन्दिर यतिबेला बिदेशी महिलाको अतिक्रमणमा परेको छ । स्थानियहरुको आस्थाको धरोहर यती बेला लिलि नाम गरेकी फ्रेन्च महिलाको अधिनमा परेको स्थानियले पोखरा हटलाईनलाई बताए।सुरुमा स्थानिय बासीलाई यहाँको कृषी उत्पादन र बिक्री प्रबर्धन मा समेत सहयोग गर्ने आस्वाशन दिएर स्थानिय समिती कै सहमतीमा यो प्रोजेक्ट शुरु भएको थियो ।

तर हाल आएर यहाँ मन्दिर को जग्गामा रेस्टुरेण्ट बन्न लाग्नु लाई  ‘लालि पप देखाएर ल्वाप्पा खुवाएको’ अनुभुती गरेको स्थानिय बृद्धले बताए ।सरकारी त्यही माथि पनि मन्दिर जस्तो पबित्र स्थलमा बिदेशिको रेस्टुरेण्ट खोलिनु कुनै पनि हालत मा जायज नभएको मन्दिर समितिका अध्यक्ष राम बहादुर ढकाल ले बताए । तर उक्त लगभग पुरा हुन लागिसकेको रेस्टुरेण्ट भवन बनाउन लाई वडा कार्यालयको अनुमती पनि लिइएको छैन ।सामान्य नागरिक को बाख्राको खोर बनाउन समेत अनुमती लिना बाध्य बनाउने स्थानिय निकाय बिना स्विकृत बिदेशी नागरिकले सार्वजनिक स्थल मा भौतिक संरचना तयार पर्दा सम्म पनि मुक दर्शक किन रह्यो ?

यस्तै आजकल यस स्थान वरिपरी योगा को नाममा असामान्य अथवा नग्न अवश्थामा पनि बिदेशी हरु घुमिरहेका  देखिन थालेकाले आफुहरुलाई सामाजिक बिसंगती समेत बड्ने चिन्ता बढेको स्थानियको भनाइ छ ।हुनत यि फ्रेन्च महिलाको यस ठाउँमा सहयोग हुँदै नभएको पनि होईन तर त्यो सहयोग उनको आफ्नै इच्छा अनुसार हुने गरेको छ । लिली ले स्थानिय बिधालय लाई दुइ जना शिक्षक को खर्च आफुले सहयोग गरेकी छन तर उक्त शिक्षक छनौट को अधिकार बिधालय ब्यबस्थापन समितिलाई छैन,स्वयं लिली आफै आफ्नो अनुकुल को शिक्षक छनौट गर्छिन ।यस बिषयमा पो म पा वडा नं १८ का वडाध्यक्ष रण बहादुर थापा सँग प्रश्न गर्दा स्थानिय कै सहमतीमा ति बिदेशी महिला लाई उक्त काम गर्न दिइएको अन्यथा काम भएको पाईएमा बुझेर कारबाही अघाडी बढाइने बताए ।साथै वडा को स्विकृती बिना कुनै भौतिक संरचना बनको भए त्यसलाई हटाइने समेत बताए ।

Comments are closed.