पोखरा हटलाईन
१ ,माघ,२०७७,
उत्तम पौडेल,
हटलाईन फलो अप
पोखरा महानगरपालिका वडा नं १८ सराङ्गकोट पदेलिमा रहेको बागेश्वारि मन्दिर भएको सार्वजनिक जग्गामा एक जना बिदेशी महिलाले वडा कार्यलय अथवा कुनै पनि स्थानिय निकायको स्विकृती बिना नै रेस्टुरेण्ट भवन बनाएको सुचना स्थानियले पोखरा हटलाईनलाई दिएअनुसार हामीले स्थलगत अध्ययन गरेर भिडियो तथा अनलाईन समाचार प्रसारण गरेका थियौ ।गत मंगलबार यसै समाचार को फलो अप को लागी गएका हाम्रा हटलाईन सहकर्मी श्याम ढकाल माथी पनि केहि ब्यक्ती हरुबाट अमानविय ब्यवहार भएकोमा हामिले सम्बन्धित निकायमा न्यायका लागि अपिल गरी सकेका छौ ।
टहरा ,गोठ ,छ।प्रो बनाउदा समेत वडा कार्यालय बाट सिफारिस लिनु पर्ने नियम हुँदा हुँदै पनि उक्त स्थला मास्थानिय निकायको कुनै पनि सिफरिस बिना नै बनेको उक्त रेस्टुरेण्ट संरचना अबैध ठहर गर्दै पोखरा महानगर प्रहरी द्वारा त्यहाँ प्रयोग गर्दै गरिएका निर्माण सामग्रीहरु नष्ट तथा बरामद गरिएको छ । लिली नाम गरेकी फ्रेन्च महिलाले स्थानियहरु लाई कृषि, बिउ ,बिजन हरु तथा टनेल निर्माणमा समेत सहयोग गरेकी भए पनि हाल आएर सार्वजनिक त्यो पनि मन्दिर जस्तो पबित्र स्थल मा रेष्टुरेण्ट निर्माण भएकोमा स्थानिय हरुको दुखेसो छ ।यस बारेमा थप अनुसन्धान गरी दोषी ठहरिए स्थानिय स्वयत्त शासन ऐन अन्तर्गत कारबाही अघाडी बढाइने पोखरा महानगर पलिकाले जनाएको छ ।
Comments are closed.