कास्कीको मेथलाङ डाँडाको भिरबाट लडेर एक युवकको मृत्यु

पोखरा-१, श्रावण
पोखरा ह्टलाइन,
पोखरामा गए राति एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । पोखरा महानगरपालिका-१८ मेथलाङ डाँडाको भिरबाट लडेर गोरखा घर भई पोखरा ७ मासबार बस्दै आएका २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार साथीहरूसँग मादक पदार्थ सेवन गरी बसेका थापा गए राती १ ः ४० बजे भिरबाट खसेका थिए । भिरबाट करिब ५० मिटर तल खसेर घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको र उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।प्रहरीले थापाका साथीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

Comments are closed.