तनहुँ ।
नेपाल पत्रकार महासघ तनहुँ शाखाको आयोजनामा वृहत् बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। प्रसिद्ध धार्मिक तिर्थ स्थल आँबुखैरेनी गा,पा-१ आदीमूलमा शुक्रबार जिल्ला भरका क्रियाशील पत्रकारहरुलाई समेटेर रमाइलो बनभोज कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेल,आबुखैरेनी गाउपालिकाका अध्यक्ष गीरबहादुर थापा,वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले ,अधिवक्ता शिवदत्त ढकाल,नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष डम्बरबहादुर अधिकारी,नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई लगाएतका बक्ताहरुले सामाजिक न्यायकालागि विभिन्न तह र तप्काकामा कार्यरत संचारकर्मीहरुले आफुले कलम चलाउदा स्वतन्त्र ,निश्पक्ष र निर्भीक भएर आफ्नो संचार माध्यम चलाउनुपर्नै धारणा ब्याक्त गरे। पत्रकारिता शुरु गरेको मितिको गणनाका आधारमा भन्दापनि काम र अनुभवका आधारमा पत्रकारको मुल्यांकन हुने भएको वताउदै सहभागी बक्ताहरुले पत्रकार सधै ,सत्य,तथ्य ,निश्पक्ष ,खोजमुलक र ब्यवहारिक पत्रकारिता गर्न सधै क्रियाशील भएर लाग्न सल्लाह दिएका थिए। उक्त बनभोज कार्यक्रममा सहभागी पत्रकारहरुले गीत ,गजल,हास्य टेलि श्रृङखलाका चर्चित कलाकारहरुको अभिनय ,नाटक र नृत्य प्रस्तुत गरेका थिए। रमाइलो बन भोज कार्यक्रममा जिल्ला भरवाट विभिन्न संचार माध्यमका कुल ७० जनापत्रकारहरुको उपस्थिति रहेको थियोे ।
Comments are closed.