एमाले मादी गाउँपालिका उम्मेद्वार घरदैलोमा


पोखरा ,
नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेद्वार ले मादी ९ का जनताको घरमा पुगेका छन् । अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ ( महेन्द्र) र कल्पना गुरुङ शनिबार वडाका उम्मेद्वारसहित घरदैलोमा पुगेका
हुन् । मादी ९ गहते गाउँ, ठूलास्वाँरा, स्याँदी, गुर्जेको डाँडाथोक टोल, गुजेर् को गैराथोक गाउँमा पुगेर शनिबार मतदाता भेटेको एमाले मादी सचिव सुवास सापकोटाले बताए । मादी ९ को गुर्जेको डाँडाथोक टोल वडाभरमा एमालेको राम्रो ठाउँ हो ।
गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष उम्मेद्वारसहितको टोली दिउँसो ३ बजे डाँडाथोक टोलका स्थानीय विष्णुप्रसाद अधिकारीको घरमा पुगेको थियो । उनले उम्मेद्वारलाई चिनेका थिएनन् । उम्मेद्वारसँगै गएका नेताहरुसँग भने पहिल्यैदेखि चिनजान थियो । उम्मेद्वारसँग चिनपर्चीपछि विष्णुले आफूले सधैँ सूर्यमा मत हाल्दै आएको सुनाए ।मैले त सधैँ एमालेलाई भोट हालेँ । यसपटक पनि अन्तः खेर जाँदैन,’ उनले उम्मेद्वारलाई जवाफ दिए । उनी त्यतिमै रोकिएनन् ।अहिले मान्छेले
पार्टी फेरिरहन्छन् । अहिले एमालेमा भोट माग्नुभएको छ । भोलि तपाईंहरु अर्को पार्टीबाट भोट माग्न आउनुभयो भने पनि मेरो भोट एमालेलाई नै हो,’ एमालेप्रति विष्णुको लगाव देखियो । गाउँपालिका अध्यक्ष उम्मेद्वार महेन्द्रले गुरुङ चुनाव जितेपछि जनताको समस्या बुझेर त्यसको सम्बोधन गर्ने बताए । उनले आफूहरु चुनाव प्रचार गर्नमात्रै नभई चुनाव जितेपछि पनि गाउँगाउँ पुग्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटकीय गन्तव्यको थप प्रचारप्रसार गर्न योजना नै बनाएर अघि बढ्ने उनको भनाइ थियो ।
उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला सशक्तिकरण आफ्नो प्राथमिकता हुने बताइन् । गाउँपालिका उपाध्यक्षमा अरु पार्टीबाट महिला छैनन् । मैले चुनाव जितेमा महिलाको आवाज बोल्छु । महिलाको सीप विकास र आर्थिक उन्नति मेरो प्राथमिकता हुने छन्,’ उनले भनिन् । भाषा र संस्कृति संरक्षणको क्षेत्रमा पनि काम गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङले बताइन् ।
मादी ९ को वडाध्यक्षमा मनोजकुमार गुरुब , खुल्ला सदस्यमा राजु अधिकारी र श्रीधर अधिकारी, महिला सदस्यमा कविता गुरुङ, दलित महिला सदस्यमा गंगादेवी सार्की उम्मेद्वार छन् । चुनावी सभामा बोल्दै वडाध्यक्षका उम्मेद्वार गुरुङले मादी ९ मा अघिल्लो चुनावमा पराजय भोगे पनि यसपटक जित्ने दाबी गरे । अन्य दल नेतृत्वमा रहँदा विकास निर्माण जनताले सोचेजस्तो नभएको र जनताले एमाले खोजेको उनको भनाइ थियो । लामो समय वैदेशिक रोजगारीमा बसेका उनले आफूसँग गाउँ विकासको भिजन भएको बताए । मलाई यता लाहुरे उम्मेद्वार भन्छन्, कतिले टुरिस्ट पनि भन्नुभयो । तर मलाई गाउँमा केही गर्नुपर्छ भन्ने भयो र फर्किएँ,’ उनले भने, मैले विदेशमा कसरी काम भएको छ भन्ने देखेको छु । गाउँ चिनाउने योजना बनाउँछु ।’ एमालेले मादी ३ र ४ नम्बर वडामा शुक्रबार घरदैलो र चुनावी सभा गरिसकेको छ ।

Comments are closed.