रा. प्र. पा. पोखराका उमेद्वारहरु मतदाता सँग

घर दैलो कार्यक्रमबाट रा प्र पा का उमेदवारहरु उत्साहित

पोखरा,बैशाख २०,

आसन्न स्थानिय निर्वाचन नजिकिदै जादा राजनैतिक दलहरुले मतदाता भेटघाटको क्रमलाई तिब्रता दिएका छन ।यसै क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टी पोखरा महनगरपलिका का प्रमुख पदका उमेद्वार शंकर खराल तथा उपप्रमुख पदकी उमेदवार रन्जना सेन पौडेल ‘रन्जु’ को समुह पनि नेता कार्यकर्ता सहित घर दैलो कार्यक्रममा  लागेको रा. प्र. पा. पोखरा महानगरले जनाएको छ ।

रा प्र पा पोखरा महानगरले घरदैलो कार्यक्रम अन्तर्गत महानगरका वडाहरु १,२,३,३३,२९,३०,२७,१४,१५,२५, मा मतदाता भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ । घर दैलोका क्रममा मतदाताहरुको अथाह स्वागतले आफुहरु थप उत्साहित बनेको पोखरा महानगरपालिकाका प्रमुख पदका प्रत्यासी शंकर खरालले बताए । आफुले पदमा नहुँदा पनि पोखरा महानगरपालिकको लागी सामाजिक तथा धार्मिक महत्वका सवालहरुमा प्रत्यक्ष संलग्न हुँदै आएकोले आफु महानगरबासिको रोजाईको उमेदवार भएको प्रमुख पद का उमेदवार खरालले दावी गरे ।यस भन्दा अगाडिका निर्वाचित जनप्रती निधिहरुका घोषणा पत्र हरु मतदाता झुक्याउनलाई मात्र बनेकाले ति कार्यान्वयन भएनन ,जनता क्रुद्द भइसकेकोले अबको स्थानिय निर्वाचन मार्फत जनताले महानगरको मुहार फेर्न रा प्र पा  रोज्ने उनले  बताए ।उमेद्वार खरालले महानगरमा बढेको अनुशाशनहिनता र भ्रष्टाचार उन्मुलन रा प्र पा बाट मात्र संभव भएकोले यसपालिको निर्वाचनमा रा प्र पा का उमेद्वारलाई समर्थन गर्न समस्त पोखरा बासी मतदाता हरुमा आग्रह गरे।

घरदैलो कार्यक्रममा सहभागी रा प्र पा पोखरा महानगरपालिकाकी उप प्रमुख पदकी उमेदवार रन्जना सेन पौडेल ‘रन्जु’ ले यसपालिको स्थानिय निर्वाचनमा मतदाताहरु पुराना पार्टिहरु संग निराश बनिसकेकोले आफु सकारात्मक र उत्साहित रहेको बताईन ।उमेद्वार पौडेल ले आफुले महानगर भित्र रहेर पनि सामान्य सुबिधा र न्याय बाट समेत बन्चित रेहेका गरीब तथा असक्त महिलाहरुको लागी मनबाटै केहि गर्ने इच्छा भएकोले उमेद्वारी दिएको बताईन ।

रा प्र पा गण्डकी प्रदेस महामन्त्री वरुण बिक्रम राणाले जनाताले बिश्वस गरेर मतदान गरेकाले बिगत ३० बर्ष देखी धोका दिदै आएका कारण अबको रा प्र पा जनताको रा प्र पा भएकोले हलो चिन्हमा मतदान गर्न आग्रह गरे ।रा प्र पा गण्डकी प्रदेस प्रवक्ता पार्बता पौडेलले अरु पार्टिका नेता कार्यकर्ताले पनि रा प्र पा मन पराउन थालेको तर खुल्न मात्र समय लागेको दावी गर्दै आगामी निर्वाचन मा हलोमा भोट दिएर सहयोग गर्न आग्रह गरिन ।

घरदैलो कार्यक्रममा राष्ट्रीय प्रजातन्त्र पार्टिका नेताहरु जयलाल पुन,पार्टिका गण्डकी प्रदेस महामन्त्री वरुण बिक्रम राणा,केन्द्रिय सदस्य डा महेन्द्र कार्कि,जिल्ला अध्यक्ष नारायण गुरुङ प्रदेस अध्यक्ष पन्च राम गुरुङ्,पार्टी नेत्री गिता गुरुङ,प्रदेस सदस्य भानु भण्डारी ‘क्षितिज’,प्रदेस सदस्य भोला जङ्ग सुबेदी लगायत वडाका कार्यकर्ता सहितको उपस्थिती रहेको   रा प्र पा गण्डकी प्रदेस महामन्त्री वरुण बिक्रम राणाले  जानकारी दिए।घर दैलो कार्यक्रम महनगरका सबै वडाहरुमा पुर्याइने रा प्र पा गण्डकी प्रदेस अध्यक्ष पन्चराम गुरुङले बताए ।

Comments are closed.