असुरक्षित उपभोक्ता अधीकार !

अनुगमन स्थल मै दुई लाख रुपैया देखी तीन लाख रुपैया सम्म जरिवाना गर्न सक्नेप्राबधान भए पनी कारबाही न्युन...

चीरन्जीबी,

पोखरा,

२०७९ कार्तीक,६ गते,

                                    दशैं सकीयो,तिहार आईसक्यो। दिन दुई गुना रात चौगुना महंगीको मारमा परीरहेका आम नेपाली उपभोक्तालाई एकातर्फ चाड्बाड् कसरी पार लगाउने भन्ने हुन्छ भने अर्को तिर बजारमा दैनिक उपभोग्य लगायत सामानहरु किन्न जादा गुणस्तर,मुल्य,नापतौलमा ठगीनु पर्दा दोहोरो मर्कामा पर्ने गर्दछन्। पोखरा सृजना चोक बस्ने प्रकाश अधिकारी बिरामी  भेट्न आस्पताल जानु पर्ने भएकोले फलफुल किन्न पृथ्बिचोकमा रहेको एउटा बजारमा पुगे । पसलेले १ किलो अनारको मुल्य रु ६५० भनेपछी,उनलाई मुल्य महंगो लागेकोले उनी अलिकती छेउको पसलमा मुल्य सोध्न गए जहा १ कीलो अनारको मुल्य  प्रतीकिलो ४८० रुपैया अर्थात किलोमा १७० रुपैया कम थियो ।१ कीलो फलफुलमा १७० रुपैयां मुल्य फरक पर्नुले उपभोक्ता कती सम्म ठगीएका छन भेनेर अनुमान लगाउन सकीन्छ ।अधिकारीले आफु यहां संजोगले ठगीन बाट बचेको तर यो ठगी प्रबृत्ति जतासुकै ब्याप्त रहेको अनुभव सुनाए।यो एउटा प्रतिनीधी घटना मात्र हो ।बिशेष गरी चाडबाडको बेलामा यस प्रकारका ठगीहरु अझ बढी हुने गर्दछन ।केही दिन अगाडी धादिङ्गका राजु श्रेष्ठ पोखरा मा नाम चलेको डेरीबाट किनेको मिती भएकै दही खानै नहुने भए पछी गुनासो र दहिको प्याकेट नै लिएर हामी कहा आईपुगे।दहीको प्याकेट र भिडियो हमीसङ्ग  सुरक्षीत छ।

चाडबाडको बेलामा मात्र गरिने मौसमी बजार अनुगमन एकै छीनको मुसा बिरालोको खेल जस्तो मात्र बनेको छ ।बढ्दो शहरीकरण सङ्गै दिनहुं नया ब्याबसाय हरु सृजना भईरहेका छन तर अनुगमनको ढांचा उही पुरानो छ । गुणस्तर जाच्ने उपकरण तथा सम्बन्धीत क्षेत्रमा दक्ष बिज्ञ को कमीले गर्दा उपभोक्ता कहां कहां ठगिएका छन भन्ने नै अन्यौल छ ।दैनिक उपभोगका समाग्रीमा मिसावट ,तौल ,गुरणस्तर ,मुल्यमा उपभोक्ता ठगिएका हुन्छन भने लुगा कपडामा गुणस्तर तथा कप्पनि ब्राण्डको नाममा उपभोक्तालाई सजिलै झुक्याईन्छ ।

स्वास्थ्य क्षेत्रमा समेत उचित अनुगमनको अभावले गर्दा म्याद गुज्रेका औषधीहरुमा समेत नयां म्याद स्टीकर राखेर समेत बिक्री गर्ने गरेको भेटिन्छ ।आपुर्ती तथा उपभोक्ता हित संरक्षण बिभागका महानिर्देशक र स्थानिय सरकारका उप प्रमुख वा उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन गर्ने कानुनी प्राबधान छ । उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार कुनै बस्तु वा सेवाको वास्तबिक गुणस्तर,परीमण , मुल्य,नापतौल,ढाचा वा बनावट लगायत ढाटी लुकाईछिपाई वा झुक्याई त्यस्तो बस्तु तथा सेवा बिक्री बितरण गरेमा निरिक्षण अधिकृतले अनुगमन स्थल मै दुई लाख रुपैया देखी तीन लाख रुपैया सम्म जरिवाना गर्न सक्ने प्राबधान छ ।नयां सवारी साधन खरिद गर्दा कमसल गुणस्तरको टायर, पाटपुर्जा लगायत ईन्धनमा समेत उपभोक्ता दिनहुं ठगिईरहेका छन । बजार अनुगमन ‘आउट अफ कन्ट्रोल’ अर्थात अनुगमन कर्ताको अधिन भन्दा बाहिर पुगेको जस्तो भान हुन्छ ।यस्ता घटनाहरुले नागरीकको पैसा तिरेर तिरेको मुल्य अनुसारको सामान उपभोग गर्न पाउनु पर्ने अधिकारको सिधा हनन् भईरहेको देखिन्छ।यस संबेदनशील मुद्दामा संबन्धीत निकायको समयमै ध्यान पुग्नु जरुरी छ।यसका लागी हाल भईरहेको अनुगमनको दायरा,दक्षता तथा जनशक्ती बृद्दि गरी सुधार ल्याउनु आवश्यक छ।

Comments are closed.