पोखरामा ‘सिजी इन्टरनेट’ शुरु, ग्राहकको निशुल्क दुर्घटना बिमा

पोखरा,

ब्याससायीक घराना चौधरी ग्रुपको सि जी कम्युनिकेसन प्रालीले आजदेखि पोखरामा  इन्टरनेट सेवा शुरुआत गरेको छ ।पोखरा महानगर १० बुद्ध चोकमा रहेको कार्यालयको आज उद्घाटन भएको हो । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।अन्य इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि सि जी कम्युनिकेसन पोखराका टेक्निकल प्रमुख रन्नु शर्माले दावी गरे ।साथै सी जी को इन्टरनेट जडान गर्ने प्रत्यक ग्राहकको दुर्घटना बिमा समेत हुने शर्माले जानकारी दिए ।जम्मा ७९९ रुपैयामा भरपर्दो इन्टरनेट सेवा र ग्राहकको प्याकेज अनुसार को दुर्घटना बिमाको ब्यबस्था भएकोले सी जी इन्टरनेट पोखरेलिहरुको पहिलो प्राथमिकतामा पर्ने दावी समेत उनले गरे ।सी जी नेट जडान गर्दाखेरी ग्राहकले शानदार अफर अन्तर्गत बजारमा रु ४५,१९०/- मुल्य पर्ने ४३ इन्चको LED टीभी जम्मा रु २४,०००/-मा पाउने छन भने बजार भाउ रु २६,३९०/- भएको LED टि भी मात्र रु १५,०००/- मा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।साथै कम्पनिको ‘शानदार अफर’ अन्तर्गत १३० एम बि को प्याकेज लिने ग्राहकलाई रु एक लाख को ,२५० एम बि खरीद कर्ता  ग्राहकलाई रु दुई लाख र ३५० एम बि जडान गर्ने ग्राहकको लागी रु तीन लाख को दुर्घटना बिमाको ब्यबस्था गरिएको कम्पनीले जनाएको छ ।

Comments are closed.