“न ब्यापार हुन्छ!न दोकान बिक्छ! सटर भाडा तिर्नै गाह्रो छ”: ब्यापारी

चीरन्जीबी पौडेल
पोखरा हटलाईन
बैशाख १५,२०८०

पोखरा,

पछिल्लो समय नेपाल मा बित्तिय संकटको बहस चलीरहेको छ ।एकाथरी जानकार तथा बिज्ञहरुले नेपाल बित्तिय रुपमा सुरक्षीत रहेको दावी गरिरहदा अर्का थरी बिज्ञहरुले नेपालको बित्तिय अवस्था त्यती सन्तोषजनक नरहेको टिप्पणी गरिरहेका छन ।राज्य संग सन्चित बिदेशी मुद्रालाई आर्थीक अवस्था को मापदण्ड मानीन्छ,राज्यबाट हुने निर्यात ब्यापार यसको आधार हो,तर हामी धेरै कुरा मा पर निर्भर भएका कारण बल्ल बल्ल रेमीट्यान्स बाट भित्रीएको बिदेशी मुद्रा समेत बाहिरीरहेको छ

आर्थिक वर्ष २०७८/७९ को वैदेशिक व्यापार

· आयात : १९ खर्ब २० अर्ब ४४ करोड (२४.७२ प्रतिशत बढेको)
· निर्यात : २ खर्ब ३ करोड (४१.७४ प्रतिशत बढेको)
· व्यापार घाटा : १७ खर्ब २० अर्ब ४१ करोड (२३ प्रतिशत बढेको)
· कूल वैदेशिक व्यापार : २१ खर्ब २० अर्ब ४७ करोड (२६.१५ प्रतिशत बढेको)
· वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ९.४३ प्रतिशत (१२.३६ प्रतिशत बढेको)
· वैदेशिक व्यापारमा आयातको हिस्सा : ९०.५७ प्रतिशत (१.१३ प्रतिशत घटेको)

पछील्लो समय बैङ्क तथा बित्तिय संस्था हरुले तरलता अभावको कारण पर्याप्त ॠण प्रबाह नभएका कारण धेरै आम नागरीकका ब्याबसायीक योजनाहरु रोकीएका छ्न र उनीहरु अन्योलमा छन ।यसको प्रभाव सबै ब्याबसायमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा परेको देखिन्छ ।गण्डकी प्रदेसको राजधानी पोखरामा पनी ब्याबसायीहरु ब्यापारमा ब्यापक मन्दी आएकोले ब्याबसाय स्थलको भाडा तिर्न समेत गाह्रो परेको अनुभव पोखरा हटलाईन मार्फत ब्यक्त गरेका छन ।

पोखरा महानगरपालिका १४ का राजेश के सी ले ४ बर्ष अघाडी नेपालामा नै केही गर्ने हिम्मत गरेर आफ्नो नाउमा भएको मध्य प्राय अचल सम्पत्ती बिभिन्न बैङ्क तथा बित्तिय संस्थामा धितो राखेर ॠण लिए ।ॠण लिएको रकम उनले केही लाई रोजगारी पनि हुने गरी कागजका सामाग्री बनाउने मिशिन (प्लान्ट) खरीद गरेर उत्पादन शुरु गरे ।”ब्यापार राम्रै थियो,तर ब्यापार शुरु गरेको केही महिना पछी नै कोरोना संक्रमण शुरु भयो”-उनले भने । ,संक्रमण पछी अहिले सम्ममा के सी को ब्याबसाय पनि आर्थीक संकटमा परेको उनले बताए ।”बैङ्क संग १०/११ प्रतिशत मा लिएको ॠणको ब्याज अहिले १६ देखी १८ प्रतिशत नै पर्न जान्छ ,सहुलियत र सहयोग कतै बाट छैन”- उनले भने ।राज्यले कर असुलीमा जती ध्यान दिन्छ त्यही अनुसार ब्याबसायीको हक हीतका बिषयमा पनी आफै ले चासो लिनु पर्ने उनको बिचार रहेको छ ।

त्यस्तै अर्का पोखरा लेखनाथका निर्माण ब्याबसायी युवा बिकास गुरुङ समेत उनको ब्याबसाय संग सम्बन्धीत सबै क्षेत्र नै आर्थीक मन्दीमा परेकोले आफ्नो ब्यापारमा पनी कमी आएको बताउछन । भाइरल कोरोना गए पनी आर्थीक कोरोना लागेको उनको बुझाई छ ।”स्वदेस मै केही गरौ भन्ने धेरै युवाहरु अहिले स्वरोजगार ब्यापार बाट पलायन हुने स्थितीलाई राज्यले रोक्न पहल गर्नु पर्छ” गुरुङले भने ।

त्यस्तै अर्का पोखराको पृथ्बी चोकमा बिगत २५ बर्ष देखी कपडा पसल सन्चालन गर्दै आएका तनहुँका रमेश क्षेत्रीले सटर भाडा समेत तिर्न नसक्ने स्थिती आउला भनेर कहीले सोचेका थिएनन ।”हुनत मैले यही ब्याबसाय बाट पोखरामा घर बार समेत जोडे, मुख्य चोकमा भएकोले भाडा पनी महंगो छ पहीले ब्यापार पनी राम्रै थियो तर अहिलेको ब्यापारले यो तिर्न संभव देखिन्न” क्षेत्रीले भने ।दशकौ देखी परीवारको लागी बरदान सावीत भएको यही पसल अहीले उनको लागी घाडों बनेको छ ।

माथी उल्लेख  पात्रहरु प्रतीतिधी पात्रहरु मात्र हुन,बिषेश गरी बजारमा सटर भाडामा लिएर ब्यापार गर्ने स साना पसले हरुलाई अहिले राज्य बाट सम्बोधनको खाचो देखिन्छ ।आर्थीक उतार चढावकै कारण परीवारमा अशान्त,बालबालिकाको शीक्षामा असर पर्ने तथा आपराधिक घटना हरु उत्पन्न हुने भएकोले यसको नकारात्मक असर समाजमा प्रत्यक्ष पर्दछ । यसका लागी संघ , प्रदेस तथा स्थानिय निकाय हरु गम्भिर भएर आम नागरीक लाई राज्यको अभिभाकत्व को अभाष दिलाउने कहीले ?

Comments are closed.