सकियो फेवा नवबर्ष महोत्सव

पोखरा ३ वैशाख ।पोखराको बसुन्धरा पार्कमा सञ्चालित १२ औं फेवा नवबर्ष महोत्सव बुधबार सकिएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा चैत २८ गतेदेखि सुरु भएको महोत्सव कुनै औपचारिक कार्यक्रम विना नै सकियो । फेवाताल र नेपाली संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले संचालित महोत्सवमा ठूलो संख्यामा दर्शकले सहभागिता जनाएको संघका अध्यक्ष भरतराज पराजुलीले बताए । महोत्सव सोचेभन्दा बढी सफल भएको उनको दावी छ ।

नयाँबर्ष सुरु हुने अघिल्लो दिन र नयाँबर्षको दिन दर्शकको ठूलो उपस्थिती रहेको थियो । महोत्सवस्थल बसुन्धरा पार्क र लेकसाइडको सडक तथा वरपर समेत नेपाली नयाँबर्ष मनाउन देशविदेशबाट पर्यटक आएका उनले बताउ ।

महोत्सवको अवसरमा पर्यटक दौड, डुंगा दौड, दोहोरी गीत, नृत्य र अन्य रमाइला कार्यक्रमहरु समावेश गरिएको थियो । चैत ३० र वैशाख १ गते लेकसाइडको सडकमा सडक महोत्सव समेत आयोजना गरिएको थियो । फेवा महोत्सवलाई आगामी बर्षमा समेत निरन्तरता दिइने र सबैको सल्लाह र सुझाव लिई झनै परिस्कृत ढंगले संचालन गरिने संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले बताए ।

Comments are closed.