साउन, २९ पोखरा ।
कास्कीको लेखनाथ नगरपालिकाका नेपाली कांग्रेसका स्थानीय नेता रामजी पाैडेल(बादल) को बिहीबार राति हत्या भएको छ । हत्यामा पार्टीकै कार्यकर्ताकाे संलग्नता रहेकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ । लेखनाथ १ बरालथर निवासी पाैडेलको बिहीबार राति हत्या भएको हो । घर भन्दा एक किलोमिटर टाढा पृथ्वी राजमार्गमा पर्ने गगनगौंडा नजिकै मारेर फालेको अवस्थामा उनकाे शव भेटिएको छ।
मृतक पाैडेल ५२ वर्षका थिए । उनकी पत्नी चन्द्रावती पाैडेल गाेगन उच्च माविमा पढाउँछिन् । पाैडेल शेरबहादुर देउवा पक्षका नेता हुन् । पार्टीकाे महाधिवेशन निजिकिँदै जाँदा कास्कीमा देउवा पक्ष र सुशील पक्षका नेतावीच सदस्यता सम्बन्धी विवाद चर्किएकाे थियाे ।
यही विवादका कारण पाैडेलकाे हत्या भएकाे हुन सक्ने अनुमान प्रहरीले गरेकाे छ । पाैडेलको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियाे । प्रहरीले शवको मुचुल्का तयार पारेर अनुसन्धान प्रक्रिया अघि बढेको कास्की प्रहरीले बताएको छ । यसक्रममा प्रहरीले कांग्रेस समर्थक केहीलार्इ पक्राउ गरेकाे बुझिएकाे छ ।
हत्याकाे विरोधमा पृथ्वीराजमार्ग अवरुद्ध
यसैबीच, स्थानीयले पाैडेलको हत्याको विरोधमा पृथ्वी राजमार्ग अबरुद्ध गरेका छन् । बाटो अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.