पाेखरा १४ भदाै
यही आउँदो भाद्र १९ गते शनिबारका दिन पोखरामा १ दिने वेबसाइट प्रमोशन सम्बन्धि सेमिनार हुने भएको छ । फ्री इन्ट्रान्सको व्यवस्था गरिएको उक्त कार्यक्रमलाइ वेब प्रमोशन स्पेसलिस्ट प्रकाश खतिवडाले सहजिकरण गर्नेछन् । बिगत ७ वर्ष देखि येही पेशा गर्दै आएका खतिवडाले कार्यक्रममा जोकसैले पनि उपस्थिति हुन सक्ने बताएका छन् ।
नेपालमै पहिलो पटक फ्री वेबसाइट प्रमोशन सेमिनार पर्यटकिय नगर पोखराको लेकसाइडमा हुन गैरहेको यो कार्यक्रममा वेबसाइट भनेको के हो, वेबसाइट किन र कस्का लागि, वेब प्रमोशन भनेको के हो र वेब प्रमोशनले तपाइँको ब्यापार र ब्यबसाय प्रवर्धन गर्ने के–कसरी सहयोग गर्छ, वेबप्रमोशन को भविष्य लगायतका विषयमा छलफल हुनेछ ।
विशेष गरी कार्यक्रममा वेबसाइट किन आवश्यक छ र वेबसाइट बनाइसकेपछि यसबाट कसरि फाइदा लिन सकिन्छ भन्ने बिसयमा छलफल तथा विचार विमर्श हुनेछ । खतिवडा भन्छन् – ‘कार्यक्रममा ट्राभल एजेन्सी, होटेल र रेस्टुरेन्ट, आइटी कम्पनि, बिद्यार्थी, निउज पोर्टल आदिलाइ लक्षित गरेर आयोजना गर्न लागिएको हो । ’
प्राविधीक क्षेत्रको विकाससँगै प्राविधीक क्षेत्रमा काम गर्ने हरेकले वेब सम्बन्धी जानकारी राख्नुपर्ने उनी बताउँछन् । पछिल्लो समयमा व्यापार/व्यवसायमा पनि यो कुराले धेरै नै असर गर्ने, अहिलेका युवाहरुमा पनि वेबलाई आफ्नो करियर कसरी बनाउन सकिन्छ र यस क्षेत्रमा कसरी अघी बढ्ने भन्ने विषयमा जानकारी गराउनु जरुरी रहेकाले पनि उनले यसरी फ्री सेमिनार आयोजना गर्न लागेको उनले बताए । यसरी वेब सम्बन्धी फ्री सेमिनार नेपालमै पहिलो पल्ट हुन लागेको हो ।
Comments are closed.