¥याण्डम रिडर्स सोसाइटीमा केशवशरण
पोखरा, असोज २८ गते ।
पठन संस्कृतिको विकासका लागि पोखराबाट व्रिmयाशील ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ ।
सोसाइटीको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा २ वर्षे कार्यकालका लागि एक सदस्य पछि थप्ने गरी १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपिन्द्र प्रभावी, सचिवमा अनुपमणि अधिकारी, कोषाध्यक्षमा विजय भण्डारी र सहसचिवमा सुरज उपाध्याय चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मीरा ढकाल, ध्रुव के. सी., खिम लामिछाने, अल्पज्ञानी र नेपालप्रकाश अधिका कलम चलाउँदै पत्रकारका रुपमा बढी परिचित नवनिर्वाचित अध्यक्ष लामिछानेले ¥याण्डमको उचाइलाई सकेसम्म अझै बढाउन प्रयास गर्ने र नसके पनि उचाइ घट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोसाइटीले यसअघि नै देखेको राष्ट्रिय पुरस्कार प्रदान गर्ने सपना यो कार्य समितिले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कर्मकाण्डीयभन्दा भिन्न ढङ्गले अझै व्यापक विषयवस्तु समेट्ने गरी कार्यव्रmमहरु अघि बढाइने जानकारी दिनुभयो ।
सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा संस्थापक अध्यक्ष राजेन्द्र चापागार्इँ ‘आहत’, पूर्व अध्यक्ष गनेस पौडेल, संस्थापक उपाध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, पूर्व उपाध्यक्ष महेन्द्र रिमाल, पुस्तक छनोट समितिका संस्थापक संयोजक तथा निर्वाचन समितिका संयोजक कृष्ण के.सी., ‘मिलेर गरौँ’का अभियन्ता युवराज त्रिपाठी, साहित्यकार यमबहादुर पौडेल क्षेत्रीलगायतले शुभकामना दिनुभएको थियो । सो अवसरमा संस्थालाई सहयोग गरेको भन्दै क्याफे डे गार्डेनका सञ्चालक विष्णुलाल श्रेष्ठ र होटल स्नो ल्याण्डका सञ्चालक गणेशबहादुर थापालाई सम्मान गरिएको थियो ।
सोसाइटीले ‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यताका साथ हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।
Comments are closed.