उपचुनाव सरकारलाई सही बाटोमा हिँडाउने अवसर:पौडेल

नेपाली कांग्रेसकातर्फबाट उपनिर्वाचनका उमेदवार खेमराज  पौडेलले उपचुनाव सरकारलाई सही बाटोमा हिँडाउने अवसर भएको बताए । उनले नेकपाले आफ्नो बाचा पूरा नगरेकाले जनताले यो पटक आफूलाई जिताउने दावी गरे । एउटा चुनावले सरकार नढल्ने भन्दै उनले भने, ‘ जनतासंग गरेको वाचा पुरा गर्न नसक्दा जनताले सबक सिकाउने छन् ।’

पौडेलले रवीन्द्रको क्षेत्रमा हुन लागेको उपचुनाव आफूले जित्ने दाबी समेत गरे । जनता लहैलहैमा नझुक्किने भन्दै उनले सरकार र पार्टीको गतिविधि हेरेर आफूलाई भोट दिने जिकीर गरे । पौडेलले ५ हजार मतअन्तरले जित्ने दाबी गर्नुभयो । अहिले सबै कांग्रेस एक ठाउँमा उभिएकाले पनि चुनाव जित्ने उनको विश्वास थियो ।

Comments are closed.