कास्की क्षेत्र नम्बर २ मा २५जनाको उम्मेदवारी

एकराज गिरी÷ पोखरा, कात्तिक २१ गते । कास्की क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि राजनीतिक दल, स्वतन्त्र उम्मेदवार गरी २५ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचनका लागि १४ दलका र ११ स्वतन्त्र उम्मेदवार सहित २५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए/

कास्की क्षेत्र नम्वर २ मा सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा), प्रतिपक्ष दल नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजबादी पार्टी, साझा, विवेकसील पार्टीले ¥याली सहित निर्वाचन कार्यालय पुगेका थिए । नेकपाले आफनो जिल्ला पार्टी कार्यालयबाट पञ्चेबाजा र जुलुस सहित उम्मेदवारी दर्ताका लागि पुगेको थियो । त्यस्तै नेपाली काँग्रेसले पोखराको सभागृहचोकबाट जुलुस सहित उम्मेदवारी दर्ता गर्न पुगेको थियो । राप्रपाले पोखराको पृथ्वीचोकबाट बाजागाजा र जुलुस सहित निर्वाचन कार्यालय पुग्यो भने संघीय समाजबादी पार्टीले पोखरा सभागृहबाट जुलुस रहित पुगेको थियो । त्यस्तै साझा पार्टी र विकेसी पार्टीले पनि आफना समर्थक सहित उम्मेदावरी दर्ता गर्न पुगे थिए । उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराई, नेपाली काँग्रेसबाट नेता खेमराज पौडेल,समाजबादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी, रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्लले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, संघिय लोकतान्तिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बा, नेकपा मालेका टेकनाथ भण्डारी, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेपाली काग्रेंस (बि.पी) का चन्द्रबहादुर रानाभाट, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घलेले उम्मेदवारी दर्ता गराएका छन् । यता दीपक रेग्मी, सुनिल भुषाल, रणबहादुर दमाइ, कमलजंंग कुंवर, उमनाथ गौतम, जमुना शर्मा, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, लक्ष्मी भुजेल र सुनिल कोइरालाले आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र प्रतिस्पर्धी चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठको ८ सय ४३ मत थियो ।  उपनिर्वाचनका लागि ३२ वटा मतदान स्थलहरु र ८२ वटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ । ११ वटा वडामाकुल ७१ हजार ८ सय ७१ जना मतदाता रहेका छन् ।

 

Comments are closed.