तनहुँका पत्रकार प्रताप कौरा संरक्षण पत्रकारीता पुरस्कारबाट सम्मानित

पोखरा १ साउन । “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” बाट तनहुँका पत्रकार प्रताप राना मगरलाई प्रदान गरिएको । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्वारा सञ्चालित पुरस्कार विहिबार पोखरामा आयोजित कार्यक्रममा प्रदान गरिएको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सम्मापनत्र, माला सहित नगद १० हजार रुपैयाँले सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले सबै जातीहरुको सांस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो ।


उहाँले नेपाल बुहभाषि र सास्कृतिकले भरिपूर्ण देश भएकाले यहाँको धार्मिक, साँस्कृतिक र परम्परालाई संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्मानले पत्रकारीता क्षेत्रमा लाग्नेहरुको हौसला बढने बताउदै सम्मानित पत्रकार मगरलाई बधाई ज्ञापन गर्नुभयो । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति उपाध्यक्ष एवं प्रतिभा छनोट समितिका उपाध्यक्ष तारामाया थापामगरले गण्डकी प्रदेशको लोकप्रिय मौलिक कौरा नाचको संरक्षण र प्रवद्र्धनमा पत्रकारिता मार्फत योगदान दिने पत्रकारलाई प्रदान गरिने यो पुरस्कारबाट यसअघि नवलपरासीकी पत्रकार कमला रानामगर र कास्कीका पत्रकार तिलकप्रसाद पुनमगर पुरस्कृत हुनुभएको थियो ।


पुरस्कृत पत्रकार प्रताप रानामगरले सम्मानले जिम्मेवारी बोधका साथै हौसला प्रदान गरेको बताउनुभयो । रानामगरले तनहुँबाट कान्तिपुर टेलिभिजन काम गदै आउनुभएको । नेपाल मगर पत्रकार संघ कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर पत्रकार संघ कास्कीका सदस्य मिना थापा मगर, हर्क आले मगर लगायतले आआफनो भनाई राख्नुभएको थियो ।

Comments are closed.