के तपाईलाई थाहा छ केही मानिसहरुको फेसबुक एकाउन्ट ‘साईन इन’ गर्नका लागि वासवर्डको जरुरत पर्दैन । वास्तममा फेसबुकका केही कर्मचारीको बिना पासवर्ड नै कुनैपनि फेसबुक एकाउन्ट खोल्ने सुविधा छ । वेन्टरबीट वेसाईडका अनुसार फेसबुकले हालै स्पष्ट गरेको छ की यसमा केही स्तरका तथा अनुशासित मानिसहरुलाई आफैमा बाँधिने एक प्रणाली हो । यसमा कसैले उल्लंघन गरेमा भने तत्काल निकालिने जनाएको छ ।
उक्त वेबसाईडको रिपोर्टमा फेसबुकका प्रवक्तालाई हवाला दिँदै कुसैलाई यस्ता एकाउन्ट खोल्ने स्वतन्त्रता केही स्तरमा दिइएको तथा केही निर्धारित कार्यका लागि भएको बताइएको छ । ती कर्मचारीहरुले आफ्नो कार्यसँग जोडिएको कामका लागि कुनै एकाउन्ट खोल्नुका साथै जरुरी सूचना लिन सक्छन् ।
उनले भनेका छन्, ‘संदिग्ध व्यवहारको जाँचका लागि यस प्रकारका दुई प्रणाली स्थापित गरिएको हो । यसको हरेक हप्ता रिपोर्ट तयार गर्नुका साथै स्वतन्त्र सुरक्षा दलले यसको रिपोर्टको पूर्नसमिक्षा गर्ने गर्छ ।’ अनुचित व्यवहार गर्ने र नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्नुका साथै तत्काल जागिरबाट समेत निश्कासन गरिने जनाइएको छ । –एजेन्सीको सहयोगमा
Comments are closed.