एपीएफ क्वाटरफाइनलमा, धरानको पुरानै नियति

पोखरा, २३ पुस-
शसस्त्र प्रहरीको (एपीएफ) क्लब पोखरामा जारी चौथो संस्करणको मनकामना कप फुुटबल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । बिहिबार पोखरा रगंशालामा भएको प्रतिस्पर्धामा एपिएफले धरान फुटबल क्लबलाई २—१ गोल अन्तरले पराजित गर्दै क्वारफाइनलको यात्रा तय गरेको हो । फिदिममा आयोजित फुटबल प्रतियोगिता र लामो यात्राको थकान विर्सन नपाउँदै पोखरा कप फुटबल खेल्न आएको धराने टोलीको पुरानै नियति दोहोरीदाँ एपिएफले पाहुना टोली हङकङ सिएफसीसँगको भेट पक्का बनायो ।
एपीएफको जीतमा स्ट्राईकर गणेश लावती र राज पौडेलले गोल गरे । खेलको २२ औं मिनेटमा दर्शनीय गोल गरे । सन्तोष श्रेष्ठले उपलब्ध गराएको क्रस पासलाई डिबक्सभित्रबाट लावतीले हानेको उत्कृष्ट ‘ओभर हेड’ फष्टबार हुँदै जाली चुमेपछि एपीएफले खेलमा अग्रता कायम गयो । तर, त्यो अग्रता पहिलो हाफसम्म पनि कायम हुन सकेन ।
लावतीले गरेको गोलले हौसिएको एपीएफलाई धरानले टिमले ४२ औं मिनेटमा निरास बनाइदियो । हेमन्त थापा मगरले दिएको लामो पासलाई डिबक्स नजिकैबाट राज पौडेलले गरेको हेडिङ बल अप्रत्यासित रुपमा गोल पोष्टभित्र छिरेपछि धराने टिममा आत्मविश्वास बढेको थियो । पहिलो हाफमा जम्न नसकेका दुवै टिम दोस्रो हाफमा आक्रामक बने । आहा रारा गोल्डकपमा पहिलो खेलबाटै बाहिरिने नियतिले धरानलाई छाडेन । ५७ औं मिनेटमा पाएको फ्रि किक एपीएफले सदुपयोग गर्दा धराने टिम प्रतियोगिताबाटै विदा भयो । नविन लामाले २५ यार्डबाट हानेको फ्रि किक फष्टबारमा लागेर भित्र छिरेपछि धराने गोलकिपर विनय श्रेष्ठले पत्तै पाएनन् ।
६८ औं मिनेटमा लक्ष्मण रुचालले गोलकिपरसँगको जम्का भेटमा गोल गर्न चुके । लगत्तै लगातार धराने टिमका लागि पाएका दुई कर्नरलाई हेमन्त थापाले प्रहार गरेपनि विपक्षि गोर रक्षकले असफल बनाइदिए । ८७ आंै मिनेटमा प्रकाश बुढाथोकीको प्रहारलाई धराने गोलरक्षकबाट फर्किएको बललाई मानबहादुर तामाङले उत्कृष्ट बचाउ गरेपछि बरावरी गर्ने अवसरबाट चुक्यो । खेलमा म्यान अफ दी म्याच रञ्जन विष्ट बने ।
खेलको १५ औं मिनेटमा एपीएफका लागि सन्तोष श्रेष्ठले दिएको पासलाई रन्जन विष्टले गोलमा परिणत गर्न नसक्दा अग्रता लिने अवसरबाट चुके । एपीएफका प्रशिक्षक कृष्ण थापाले आफ्ना खेलाडिले सुधारिएको खेल प्रस्तुत गरेको बताउँदै पाएका अवसर सदुपयोग हुन नसक्दा सोंचे अनुरुपको नतिजा नआएको बताए । उनले आफना खेलाडिको खेल सुरुवाती १० मिनेट तालमेल नमिलेको बताए । ‘३—१ को नतिजा हुनुपर्ने हो तर सोचे अनुसार भएन’ उनले भने ।
यता धरानका प्रशिक्षक दिपक राईले आफना खेलाडीले सोंचे जस्तो खेलेको बताए । निरन्तरको खेल र लामो यात्राका कारण खेलाडी थकित थिए, उनले भने ‘एपीएफसँग खेल्दा टिमलाई आरम चाहिने भएपनि, फिदिममा खेलेर आउँदाआउदै यहाँ खेल्नुपयो ।’ प्रतियोगिताको अन्तिम प्रि क्र्वाटर खेल आयोजक पोखरा ११ र पाहुन टोली भुटानको सिएफसीबीच हुनेछ ।

– गणेश पौडेल

Comments are closed.