बहिरा संघको रजत महोत्सव

पोखरा, १२ पुस
गण्डकी बहिरा संघ पोखराले आफ्नो रजत महोत्सव पाँच दिवसीय कार्यक्रम गरी मनाउने भएको छ ।
पुस १३ गतेबाट सुरु हुने रजत महोत्सवका कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक चन्द्रकान्त पौडेलले जानकारी दिए ।
संघले आफ्नो रजत महोत्वसको अवसरमा १३ गते सृजनाचोकदेखि फिर्के सम्म सरसफाइ, १४ गते चित्रकला, वृक्षारोपण कार्यक्रम सृजना बहिरा उच्च माविमा, १५ गते १० किमी खुल्ला सडक दौड, १६ गते रक्तदान कार्यक्रम, वृद्धाश्रममा राहत वितरण र १७ गते पृथ्वीचोकबाट निकालिने ¥यालि फिर्केमा पुगेर सभामा परिणत हुनेछ ।

Comments are closed.