बाजेको सेकुवामा नयाँ बर्ष बिशेष साँस्कृतिक साँझ हुने

पोखरा १३ पौष
सेकुवा ब्राण्डमा आफ्नो छुट्टै पहिचान बनाएको बाजेको सेकुवाले पोखरामा नयाँ वर्ष विशेष सास्कृतिक साँझको आयोजना गर्ने भएको छ । पोखरास्थित नागढुङगामा रहेको आफ्नो प्राङगणमा आगामी पौष १५ गते साँझ आमपोखरेलीलाई सङगितमय बनाउने भएको हो ।
सुगम संङगितमा बेग्लै उत्कृष्ठता हासिल गरेका गायक रामभक्त जोजिजु र उनकी पत्नी ईतु जोजिजुले उक्त दिन बाजेको सेकुवालाई संगितमय बनाउनेछन् । बाजेको सेकुवाको ब्राण्डमा पोखरामा आफ्नो सेवा सुचारु गरेको नौ महिना अवधिमा पहिलोपटक रेष्टुरेण्टमा चर्चित गायक जोजिजुसहितका अन्य कलाकारहरुबाट साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । “उडेर जुन छुन्छु भन्थे……….” जस्ता दर्जनौ मार्मिक गित तथा गजलमा स्वर दिएका जोजिजुले बाजेको सेकुवामा हुने कार्यक्रममा दर्जनबढि गितसंगित एकल तथा पत्नी ईतुका साथ युगल प्रस्तुती दिनेछन् ।
यसअघि “विश्वकप हेरौं बाजेको सेकुवाका साथमा” भन्ने उद्घोषका साथ आमपोखरेली ग्राहकको ध्यान खिचेकोे बाजेको सेकुवाले “नयाँ वर्ष बिशेष बाजेको सेकुवा साँस्कृतिक साँझ” टाईटलमा कर्यक्र आयोजना गरीएको संञ्चालक एकराज गिरीले जानकारी दिए ।
पोखरेली तथा स्थानीय पर्यटकका लागिनयाँ वर्ष सम्झनयोग्य बनाउनका लागि कार्यक्रम आयोजना गरीएको पनि उनले बताए ।
बिगत ३३ वर्षदेखि राजधानीका ६ स्थानमा सेवा प्रदान गर्दै आएको बाजेको सेकुवाले गत चैत ३१ गतेदेखि पोखरामा विधिवत सेवा प्रारम्भ गरेको थियो । सेवा प्रारम्भपछि पोखरामा बाजेको सेकुवाले राजधानीभन्दा पृथक सेवाका रुपमा होटल सञ्चालन समेत गर्दै आएको छ ।

Comments are closed.