पोखरा, १७ पुस-
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको क्षेत्रीय कार्यालय नयाँबजारमा तपस्या बर्ष २०१५ को उद्घाटन एवं शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
कार्यक्रममा कर्माचार्य गुप्रका वरिष्ठ उद्योगपति चन्द्रकृष्ण कमाचार्यले नववर्षको पहिलो दिन नै ओम् शान्तिमा मनाउन पाएकोमा खुशि व्यक्त गरेका थिए ।
उनले यसबर्षलाई नै तपस्या बर्षको रुपमा मनाउन लागेकोमा यसको सफलताको शुभकामना दिए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव राजयोगी ब्रह्माकुमार शैलेष बरालले तपस्याको वास्तविक अर्थलाई प्रष्टपारी जीवनको अन्तिम क्षणमा साधना र तपस्याले मात्र मानवलाई साथ दिने हुँदा राजयोग साधनालाई जीवनको वास्तविक गहना बनाई यसैबाट आपूmलाई श्रृंगार गरे ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय उडीसाबाट आएका राजयोगी ब्रह्माकुमार नथमल अग्रवालले राजयोग तपस्याको गहन अनुभूति गराई जीवनमा परमात्माले दिएको ज्ञानलाई वास्तविक व्यवहारमा ल्याउनको लागि प्रोत्साहित गराए ।
विद्यार्थी पत्रकार बिष्णु थापा
Comments are closed.