क्यान इन्फोटेक मेला फागुनमा

पोखरा १२, पुस
कम्प्युटर एशोसिएसन नेपाल क्यान कास्कीले प्रत्येक बर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक मेला आगामी फागुनमा हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रंमा गरिने मेला फागुन ८ गते सुरु भई ११ गते समिने क्यान कास्कीले जनाएको छ ।
मेलालाई सम्पन्न गर्नको लागि क्यानको बैठकले संस्थाका अध्यक्ष गुणनिधि पाण्डेको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
समितिमा तीर्थ राज सुवेदी, चिन्तामणि वास्तोला, युवराज पौडेल, विश्वास भण्डारी कृष्णराज पोख्रेल, राजेन्द्र तिवारी, राजेन्द्र शर्मा चण्डीप्रसाद अर्याल, विकास भूर्तेल, इश्वरराज चालिसे, विश्व प्रधान, सेवक क्षितिज, सुरेश सापकोटा, जगन गुरुङ, इविन्द्रराज तिवारी, राजेन्द्रकुमार श्रेष्ठ, एकनारायण चापागाई, केशव शरण लामिछाने रहेका छन् ।
समितिमा उनीहरुलाई क्षमता अनुसारको विभिन्न समितिमा खटाएर काम अगाडि वढाउने निर्णय भएको प्रथम उपाध्यक्ष चिन्तमणि बास्तोलाले जानकारी दिए ।

Comments are closed.