छोरेपाटन उच्च मावि ३७ औं बर्षमा प्रवेश

पोखरा १७ पुस-
छोरेपाटन उच्च माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार भएको छ । विद्यालय प्राङगण छोरेपाटनमा आयोजित समारोहको वृक्षरोपण गरी उद्घाटन गर्दै शिक्षा सचिव विश्वप्रकाश पण्डितले सामुदायीक विद्यालय भएर पनि छोरेपाटन उच्च माविले शैक्षिक क्षेत्रमा प्राप्त गरेको सफलता प्रति खुशी व्यक्त गरे ।
उनले कास्कीमा रहेका सामुदायीक र निजी दुवै विद्यालयसँग शैक्षिक प्रतिष्पर्धा गरीरहेको छोरेपाटन उच्च माविले प्रदान गरेको गुणस्तरीय शिक्षा उदाहरणीय रहेको उल्लेख गर्दै सफलतालाई थप उचाईमा पु¥याउन मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सभासदहरु रविन्द्र अधिकारी, शारदा पौडेल लगायतले पर्यटकीय पाताले छाँगोलाई छोरेपाटन उच्च माविको मातहतमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उच्च माविको शैक्षिक गुणस्तर वृद्धिका लागि पातालेछाँगोबाट प्राप्त हुने आम्दानी प्रयोग गरीनुपर्नेमा उनीहरुको जोड रहेको थियो ।
समारोहमा प्राचार्य लक्ष्मण थापाले बार्षिक प्रगति प्रतिवेदन तथा लेखापरीक्षक सागर सुवेदीले आर्थीक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विभिन्न विद्यार्थीहरुले मार्चपास, विज्ञान प्रर्दशनी लगायतका प्रर्दशनी पनि गरेका थिए । । त्यसैगरी पुरस्कार वितरण इन्द्र स्मृति पुरस्कार, गिरीधारी स्मृति पुरस्कार समनबाबु छात्रवृत्ति पुरस्कार, ऋषिराम पराजुली स्मृृति पुरस्कार, गन्जमान स्मृति पुरस्कार,पहलमान सिह स्मृति पुरस्कार,जनआन्दोलन छात्रवृत्ति पुरस्कार, रोशन श्रेष्ठ पुरस्कार रामप्रसाद सुवेदी पुरस्कार, दुर्गाचन्द्र कोइराला स्मृति पुरस्कार, कुवँर स्टेशनरीद्धारा प्रदत्त गरिब तथा जेहेन्दार छात्रवृत्ति पुरस्कार, यमबहादुर थापा स्मृति पुरस्कार, खगराज सांस्कृतिक उत्थान पुरस्कारबाट विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै विद्यालयमा योगदान पुर्याउने भूपू विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक कर्मचारीलाई तथा गणेश प्रसाद तिमिल्सीना र विजया सुवेदीलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्राचार्य डिल्लीराज शर्मा तथा विभागीय प्रमुख मेघनाथ पौडेलले गरेको थिए ।

Comments are closed.