पोखरा, १९ पुस-
साइकल सिटी पोखराको अध्यक्षमा जितेन्द्रमान शाक्य चयन भएका छन् । शनिबार पोखरामा भएको तेस्रो साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
शाक्य यसअघि कमलमोहन कोइरालाको कार्यकालमा उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा यसअघिका सचिव प्रकाश वज्राचार्य, सचिवमा महेन्द्रराज कोइराला, कोषाध्यक्षमा तोकेल शेर्पा, सह–सचिवमा अभिषेक कोइराला र सह–कोषाध्यक्षमा हरि बहादुर थापा चयन भएका छन् भने सदस्यहरुमा अशोक चालिसे, शंकर भण्डारी, इन्द्र गुरुङ र स्थानेश्वर ढुङ्गाना रहेका छन् ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले मानवीय स्वास्थ्य, वातावरण र पर्यटन प्रवद्र्धनका लागि साइकल अति आवश्यक भएको बताए ।
संस्थाका अध्यक्ष कमलमोहन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रकाश वज्राचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गणेशजंग थापाले आर्थि प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जितेन्द्रमान शाक्यले राखेका थिए भने सदस्य स्थानेश्वर ढुङ्गानाले पनि बोलेका थिए । कार्यक्रममा विभिन्न साइकल यात्रामा सफल भएकाहरुलाई प्रशंसापत्र र स्कापद्वारा सम्मान गरिएको थियो ।
यसैगरी साइकलसिटी पोखराले जनवरी १, २०१५ का दिन भलाम कास्कीमा रहेको हरिहर गुफा सन्यास आश्रममा २० हजार रुपैयाँ बराबरको सौर्यवक्ति जडान गरेको थियो ।
Comments are closed.