पोखरा, १९ पुस ।
६४ औं मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीले शनिबार पोखरामा आयोजना गर्ने भनिएको छात्रछात्रा पाँच किमी दौड तथा चार सय मिटर ह्वीलचेयर दौड वर्षाका कारण स्थगित भएको छ । प्राविधिकहरूसँग सल्लाह गरेर कार्यक्रम सारिएको हो ।
बिहीबारदेखि परेको वर्षा शनिबार पनि नरोकिएपछि खेल स्थगित गरी आगामी माघ ३ गतेलाई सारिएको कार्यक्रम संयोजक एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य राजेशकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको उद्घाटन र पुरस्कार वितरण एकेडेमीका केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विद्या भण्डारीले गर्ने कार्यक्रम रहेको थियो ।
माघ ३ गते शनिबार अर्थात जनवरी १७ तारिखका दिन हुने प्रतियोगितामा १० किमी खुल्ला पुरुष दौड पनि समावेश गरिएको छ । योे इभेन्टमा प्रथम हुनेलाइृ नगद १५ हजार, द्वितीयलाई नगद १० हजार र तृतीय हुनेलाई नगद सात हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए । १० किमी दौडको रुट पछि तय गरिने भएको छ ।
यस्तै, छात्रछात्रा पाँच किमी दौड र चार सय मिटर ह्वीलचेयर दौडको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । पोखरा रड्डशालाबाट सुरु भई पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, आलुमाइलाचोक, सिद्धार्थ चोक, नयाँबजार हुँदै पृथ्वीचोक, बुद्धचोक, अमरसिंहचोक, औद्योगिक क्षेत्र, रामबजार हुँदै पुनः पोखरा रड्डशालामै आएर टुड्डिने सो प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीय हुनेलाई नगद सात हजार र तृतीय हुनेलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी पोखरा रड्डशालामै हुने चार सय मिटर ह्वीलचेयर दौडमा प्रथम हुनेलाई नगद सात हजार, द्वितीय हुनेलाई नगद पाँच हजार र तृतीय हुनेलाई नगद तीनहजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं पोखरा मनकामना दर्शन प्रालिका प्रोप्राइटर समेत रहेका राजेशकुमार बिहीबार मात्र पोखरा–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा नगद ३० हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
Comments are closed.