पोखरा, १५ पुस ।
फिमला क्लब फूलबारीले पोखरामा जारी प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ को उपाधि जितेको छ ।
काजीपोखरी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा क्लबकै बास्कटेबल मैदानमा म·लबार भएको फाइनल खेलमा लालीगुराँस पुन मगर समाज लामाचौरलाई ६८–५९ ले पराजित गर्दै फिमला क्लब फूलबारीले उपाधि जितेको हो ।
पहिलो क्वाटरमा ४–३५ ले पछि परेको लालीगुराँस पुन मगर समाजले दोस्रो र तेस्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर ६१–५८ पार्न सफल भएको थियो । चौथो क्वाटरमा भने फिमलाले केही अवसरलाई स्कोरमा परिणत गर्न सफल भयो र उपाधि जित्यो ।
विजेता टीमले फिमलाले नगद ३५ हजार, रनिङशिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित लालीगुराँस पुनमगर समाजले नगद २० हजारमा चित्त बुझायो ।
यस्तै, लालीगुराँस पुनमगर समाजका रामकृष्ण घोतानेले बेस्ट प्लयेर र फाइनलमा सर्वाधिक २४ स्कोर गरेका फिमलाका किरण पुन हाइस्कोरर घोषित भए ।
यस्तै, दूधपोखरी समाज ए ले फेयर प्लये अवार्ड पायो।सबैले ट्रफी प्राप्त गरे। क्लबका सदस्य रजत गुरुङको स्मृतिमा राखिएको प्रतियोगिताकै युवा खेलाडी घोषित माउण्ट अन्नपूर्ण उमाविका सोनम गर्वुजा पुनले ट्रफीको साथमा नगद दुई हजार पुरस्कार प्राप्त गरे ।
यसअघि बिहान भएको पहिलो सेमिफाइनल खेलमा दूधपोखरी बीलाई हराउँदै फिमला क्लब फूलबारी तथा दोस्रो सेमिफाइनल खेलमा दूधपोखरी ए लाई पराजित गर्दै लालीगुराँस पुन मगर समाज लामाचौर फाइनलमा प्रवेश गरेका थिए ।
विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि स्व. रजत गुरुङका पिता क्या. गंगाबहादुर गुरुङ, दाजु रोहित गुरुङ, कास्की जिल्ला एथलेटिक्स सङ्घका उपाध्यक्ष हरि थापा, खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपाने, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक केशवबहादुर बस्नेत, क्या. वीरबहादुर गुरुङ, सु. भूपेन्द्र गुरुङ, रोमबहादुर कार्की, क्या. प्रेमप्रसाद गुरुङ, दुर्गा गुरुङ, क्या. गोलमान गुरुङ, जलेश्वर आमा समूहका अध्यक्ष रमना भण्डारी, जागृति आमा समूहका अध्यक्ष सरस्वती सिलवाल, हवेली आमा समूहका अध्यक्ष कमला भण्डारी, क्लबका अध्यक्ष जितेन्द्रजंग थापा, सहसचिव एवं खेल संयोजक दीपक कुमार गुरुङ, सहसचिव ज्ञानेन्द्र भण्डारी, कोषाध्यक्ष सूर्यबहादुर केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा क्या. गंगाबहादुर गुरुङले आÇनो छोराको नाउँमा प्रतियोगिता सञ्चालन गरेकोमा क्लबको प्रशंसा गरे। बास्केटबल कोर्ट निर्माण गर्नमा समेत उल्लेखनीय योगदान दिएका गुरुङले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
क्लबका अध्यक्ष जितेन्द्रजंग थापाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउने सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तित्वप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गरे ।
क्लबका सचिव एवं खेल संयोजक दीपक कुमार गुरुङले सबैको आर्थिक, नैतिक र एवं भौतिक सहयोगले नै पहिलोपटक आयोजना गरिएको प्रतियोगिता सफल भएको दाबी गरे ।
पुस १२ गतेदेखि सञ्चालित प्रतियोगितामा २२ टीमको सहभागिता रहेको थियो ।
Comments are closed.