खाना पकाउने ग्याँसको आपुर्ति सहज गर्न माग

पोखरा, २४ पुस-
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन पश्चिमाञ्चल क्षेत्रीय समितिले खाना पकाउने ग्याँसको आपुर्ति सहज बनाउन सरोकारवालासँग माग गरेको छ । विगत एक महिनादेखि देशभरी ग्याँसको अभाव भइरहेको अवस्थामा समितिले प्रेश विज्ञप्ती मार्फत ग्याँसको आपुर्ति व्यवस्था सहज गराउन माग गरेको हो ।
क्षत्रीय समितिका अध्यक्ष गोविन्दराज पहारीले ग्याँसको अभावमा पर्यटकहरुलाई हिटर र तातो पानि सुविधा, खाना, खाजा पकाउनको लागि ठुलो समस्या रहेको बताए । अध्यक्ष पहारीले ग्याँको अभावमा होटल तथा रेस्टुरेन्टहरुले आगन्तुक पर्यटकहरुलाई सेवा सुविधा दिन कठिनाइ भएको जानकारी दिए । संगठनका केन्द्रिय उपाध्यक्ष वासु त्रिपाठीले व्यवसायीले ग्याँसको कृतिम अभाव सृृजना गरेको दावी गरे ।
होटल तथा रेस्टुरेन्टहरुले कालाबजारी मार्फत ग्याँस खरिद गर्न बाध्य छन् । उपाध्यक्ष त्रिपाठीले भने, ‘सिङगो सिलिन्डर किने पाइने, साट्न नपाइने अनौठो प्रवृति देखिएको छ ।’ उनले ग्याँस व्यापारीले आफ्ना नियमित ग्राहकलाई समेत ग्याँस नदिएको आरोप लगाए ।

Comments are closed.