पौष १०, पोखरा ।
स्वास्थ्यकर्मीहरुका लागि एक दिने आधारभुत ट्रेड युनियन शिक्षा पोखरामा प्रदान गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा ४० जना सरकारी तथा गैरसरकारी स्वाथ्यकर्मीहरु सहभागि थिए ।
कार्यक्रमको उद्घाटन गर्दै ट्रेड युनियन काङ्ग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरले छरिएर रहेका स्वास्थ्यकर्मीहरु संगठित भई आफ्ना आवाज व्यवस्थापन पक्षसँग राख्नुपर्ने बताए । उनले स्वास्थ्यकर्मीहरुका एजेण्डा प्रभावकारीरुपमा कार्यान्यन गर्नुपर्नेमा जोड दिए । विशेष अतिथीको रुपमा बोल्दै स्वास्थ्यकर्मी संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले स्वास्थ्यकर्मिहरुको सबाललाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।
नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्यसमितिका अध्यक्ष नारायण बरालले विभिदेकारी श्रम ऐन र कानुनका अड्चनको सुधार तथा परिमार्जन गर्नका लागि दबाब दिनुपर्नेमा जोड दिए । नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्यसमितिका अध्यक्ष नारायण बरालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संघका केन्द्रिय उपाध्यक्ष किशोरदक्त बराल, नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला उपाध्यक्ष बोधराज सुवेदी, सचिव गोपाल बरालल लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरुका आधारभुत ट्रेड युनियन शिक्षा, परिमार्जित श्रम ऐनबारे रामजी कुँवर, किशोरदक्त बराल लगायतले सहजीकरण गरेका थिए ।
साथै आगामी पुष १९ गते नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय सम्मेलनको तयारी पनि तिव्ररुपमा भइरहेको जानकारी दिइयो ।
Comments are closed.