होण्डाको निःशुल्क चेकअप क्याम्प

पोखरा, १७ पुस-
पोखराको नयाँबजारमा रहेको कँुवर ब्रदर्श एण्ड सन्सले विगतका महिनाहरुमा झैं होण्डा ब्राण्डका मोटरसाईकल तथा स्कुटरको निःशुल्क सर्भिस क्याम्प गर्ने भएको छ ।
ग्राहकहरुलाई प्रत्यक्ष सेवा दिने उद्देश्यले यहि शनिबार निःशुल्क सर्भिस क्याप आयोजना गर्न लागेको हो । “विक्रीपछिको सेवा गुणस्तरिय सर्भिस हाम्रो प्रतिबद्दता” भन्ने नारा सहित सञ्चालन हुने कार्यक्रमबाट अत्यधिक ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
बिहान १० बजे देखि ४ बजेसम्म ताल चोक लेखनाथमा हुने सर्भिस क्याम्पमा लेबर चार्ज पूर्ण रुपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ । विद्यार्थी पत्रकार सुष्मा राना

Comments are closed.