पोखरा, १४ जेठ/ भूकम्पले देशको सबै क्षेत्रमा क्षति पुर्याएको छ । लाखौं परिवार घरबार विहीन भएका छन् । हजारौं घाइते छन् । अबौंको आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । भूकम्पले स्वास्थ्य, शिक्षा, पर्यटन, बैंकिङ्ग हरेक क्षेत्रमा धक्का दिएको छ । भूकम्पपछि हरेक क्षेत्रमा राहत दिने, लिने र माग्नेको कमी छैन । यसैक्रममा पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा असर पारेसँगै आर्थिक संकट आईपरेको भन्दे बैंक तथा वित्तीय संस्थासँग राहत स्वरुप किस्ता तिर्ने अवधि बढाउन माग गरेका छन् । व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको भाका सार्न र ब्याजदरमा पुर्नबिचार गर्न आग्रह गरेका हुन् ।
के भूकम्पले क्षति व्वयसायीलार्इ मात्र पुर्याएकाे हाे ? कस्ता व्यवसायीलाई किस्ता तिर्न समस्या भएको छ भन्ने निर्धारण नगरी कुनै भौतिक क्षति नभएका, बषौंदेखि व्यापार व्यवसाय गर्दै आएका, पोखराका अग्ला घर, होटल भएका व्यवसायीले किस्ता तिर्ने अवधि बढाउन माग गर्छन भने सर्वसाधरण जनताले के गर्ने ? जसलाई किस्ता तिर्न मात्रै होइन खानै समस्या छ ।
पोखराका पर्यटन व्यवसायी सहभागि पोखरा पर्यटन पुर्नजागरण समिति (पिटिआरसी) ले बुधबार पोखराका बैंक तथा वित्तीय संस्थासँग छलफल गर्दै ऋण तिर्ने अवधि र ब्याजदरमा परिवर्तन गर्न व्यवसायीले आग्रह गरे ।
पिटिआरसीका मिडिया संयोजक टिकाराम सापकोटाले पर्यटनले विश्वबजारमा असर पार्ने भएकोले अहिलेको अप्ठेरो सहज बनाउन वित्तीय संस्थाले सघाउनुपर्ने बताए । पिटिआरसीका संयोजक गणेशबहादुर भट्टराइले व्यापार व्यवसाय बन्द गरेर बस्दा झनै शुन्यता आउने भएकोले व्यवसायीले बाध्यताका बाबजुत पनि संचालन गर्नुपरेको बताए ।
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) का अध्यक्ष गोपिबहादुर भट्टराइले पर्यटन व्यवसायी र वित्तीय संस्था सबै सहजै चल्ने गरि पुर्नबिचार गर्न सुझाए । त्यस्तै ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष रामचन्द्र शर्माले पर्यटन क्षेत्रलाई राहत हुनेगरि वित्तीय संस्थाले कार्यक्रम ल्याउनुपर्ने बताए ।
कस्ता व्यवसायीलाई किस्ता तिर्न समस्या भएको छ भन्ने निर्धारण नगरी कुनै भौतिक क्षति नभएका बषौंदेखि व्यापार व्यवसाय गर्दै आएका, पोखराका अग्ला घर, होटल भएका भएका व्यवसायीले किस्ता तिर्ने अवधि बढाउन माग गर्छन भने सर्वसाधरण जनताले के गर्ने ? जसलाई किस्ता तिर्न होइन खानै समस्या छ । बैंकरहरुले आफुहरुले किस्ता तिर्ने भाका सार्न नसक्ने बताएका हुन् ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले भूकम्पले व्यवसायी मात्र नभई वित्तीय संस्था पनि संकटमा परेको बताए । व्यवसायीले ऋणको किस्ता अवधि बढाउन र ब्याजदरमा पुर्नबिचार गर्न गरेको आग्रहलाई नियमनकारी निकाय नेपाल राष्ट्रबैंकले मात्र सम्बोधन गर्न सक्ने उनले बताए ।
मेगा बैंक पोखराका समिर केसीले अग्ला र मापदण्ड विपरित बनाइएका अग्ला भवनमा राज्यले मापदण्ड नतोकेसम्म वित्तीय संस्थाले अब लगानीमा सोच्न बाध्य हुने बताए । कैलाश विकास बैंकका बुद्धि बरालले भौतिक रुपमा क्षति नपुगेपनि आर्थिक रुपमा पोखरालाई भूकम्पले असर पारेको बताए ।
सिटि डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले व्यवसायीले संकटका लागि पूर्वतयारी नगर्दा अहिलेको अप्ठेरोमा बढि हतासिएको बताए । उनले पनि राष्ट्रबैंकको निर्देशन बाहिर रहेर कुनैपनि निर्णय गर्न नसक्ने बताए ।
राष्ट्रबैंक पोखराकी निर्देशक निलम तिमिल्सेनाले पनि नाफा नोक्सानको मुल्यांकन गरेर व्यवसायी अघि बढ्नुपर्ने बताईन । उनले केन्द्रीय बैंकले कतै न कतै राहत हुनेगरि निर्देशन जारी गर्ने भएकोले अहिले नै हतास नहुन व्यवसायीलाई सुझाइन् ।
Comments are closed.