पोखरा, १२ पुस
लायन्स क्लव अफ पोखरा माछापुच्छ«ेले कास्कीको धिताल–५ ओखरीमा रहेको इन्द्रेणी प्राविका विद्यार्थीलाई ५० हजार रुपैयाँ मूल्य बराबरको पोशाक तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।
विद्यालयलको प्राङणमा आयोजित एक कार्यक्रममा रिजन चियर पसर्न लायन श्यामकृष्ण श्रेष्ठ, डिस्ट्रीक को–ओडिनेटर गाइडिङ लाइन लायन छविलाल शर्मा, डिस्ट्रीक को–ओडिनेटर एवं क्लबका सस्थापक अध्यक्ष लायन दिपेन्द्र शर्मा, निर्वतमान अध्यक्ष लायन तोरण कुवँर, क्लबका अध्यक्ष लायन अर्जुन थापा लगायतले विद्यार्थीलाई शैक्षिक सामग्रि प्रदान गरेका थिए ।
कार्यक्रममा श्रेष्ठले लायन्स क्लब अफ पोखरा माछापुच्छ«ेले ग्रामिण क्षेत्रमा रहेको विद्यालयका ३४ जना विद्यार्थीलाई गरेको सहयोग अर्थपूर्ण रहेको भन्दै यसले विद्यार्थीहरुको पढाईमा सहयोग पुग्ने बताए । लायन छविलाल शर्माले आजका बालबालिका भोलीका देशका कर्णदार भएको उनिहरुको लागि सहयोग गरेको बताए ।
कार्यक्रममा सस्थापक अध्यक्ष लायन दिपेन्द्र शर्मा, क्लवका सल्लाहकार एवं निर्वतमान अध्यक्ष लायन तोरण कुँवर, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद ढुङ्गाना लगायतले बोलेका थिए ।
Comments are closed.