कर्मचारीद्वारा जेष्ठ नागरिक आश्रममा सहयोग

पोखरा, २४ पुस-
पोखरा दमौली कर्मचारी समाजले वेदव्यास जेष्ठ नागरिक आश्रमलाई विहीबार सहयोग गरेको छ । सहयोग कार्यक्रममा तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले कर्मचारी समाजको प्रशंसा गरे ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सेवाग्राहीको काम छिटो छरितो रुपमा सम्पन्न गर्न कर्मचारीलाई निर्देशन समेत दिएका थिए । समाजले सञ्चालन गरेको बस सेवाले दैनिक रुपमा पोखराबाट दमौलीसम्म आवातजावत गरी कार्य सम्पन्न गर्न कर्मचारीलाई सहजता मिलेको भन्दै सकेसम्म बसलाई व्यवस्थित गराउनुपर्ने बताए । कर्मचारी समाजले हस्तान्तरण गरेको फ्रिज ग्रहण गर्दै वेदव्यास जेष्ठ नागरीक आश्रमका अध्यक्ष सावीत्रा श्रेष्ठले पोखरा दमौली कर्मचारी समाजप्रति आभार प्रकट गरीन् ।
आश्रममा हाल ८ जना वृद्धवृद्धा आश्रय लिएर बसेको अध्यक्ष श्रेष्ठले बताइन् । पोखरा दमौली कर्मचारी समाजका अध्यक्ष पुण्यवती पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव विश्वनाथ पौडेल, सल्लाहकार गोकुल पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा समाजले वृद्धवृद्धालाई खानेकुरा समेत वितरण गरेको थियो ।

Comments are closed.