देश दौडाहामा रहेको ‘जिन्दगी रक्स’ युनिट पोखरामा

पोखरा, १३ पौष
नेपाली चलचित्र जिन्दगी रक्स युनिट हाल मोफसल दौडाहामा रहेको छ ।
आगामी शुक्रबारबाट देशभरी प्रदर्शनमा आउन लागेको जिन्दगी रक्स युनिटले आज पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी फिल्मबारे जानकारी गराएको छ । पछिल्लो समयका म्युजिक भिडियोका सफल निर्देशक निकेश खड्काले जिन्दगी रक्स निर्देशन गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका नायक सोनम पाख्रिनले जिन्दगी रक्स एउटा मनोरञ्जक चलचित्र भएको बताए । युवाको समुहले युवाहरुको लागी नै चलचित्र बनाएको उनको भनाई थियो । चलचित्रका सह– निर्माता तथा मुख्य सहायक निर्देशक सुजीता श्रेष्ठले जिन्दगी रक्सले एक निश्चिल उद्घेश्यका लागी भ्रमणमा निस्केको समुहले चार दिन सम्म झेल्ने समस्या र रमाइलोलाई रोचक ढंगले प्रस्तुत गरेको बताइन । त्यस्तै चलचित्रका अर्का कलाकार बिनोद मैनालीले चलचित्रमा प्रेम, कमेडी र थ्रिलरलाई पेश गरीएको धारणा राखे ।
काठमाडौं उपत्यकाका विभिन्न मिडियामा आवद्घ व्यक्तिहरुको समुहलाई यस चलचित्रमा देख्न सकिन्छ । विरेन्द्र तुलाधरले निर्माण गरेको चलचित्रमा सौरम राज तुलाधर, अकेशा बिष्ट, सोनम पाख्रीन, मकन राई, रिचा शर्मा, प्रकृती श्रेष्ठ, विनोद मैनाली लगायतका कलाकारको अभिनय रहेको छ ।

Comments are closed.