पोखरा, १२ पुस ।
काजीपोखारी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा शनिबारदेखि प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ शुभारम्भ भएको छ । क्लबकै बास्कटेबल मैदानमा भएको उद्घाटन खेलमा काजीपोखरी युथ क्लब बी ले एनएमवाईभीलाई ३५–३१ ले पराजित ग¥यो ।
दोस्रो खेलमा माउण्ट अन्नपूर्ण उमाविले काजीपोखरी युथ क्लब ए लाई ६८–६३ ले पराजित ग¥यो। तेस्रो खेलमा श्रृष्टि टोलले लिटिलस्टेप उमाविलाई ६१–२४ को फराकिलो अन्तरले हरायो ।
आइतबार आठवटा खेल हुने खेल संयोजक दीपक कुमार गुरुङले जानकारी दिए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै पूर्व सभसद्, उद्योगपति एवं हिमश्री फूड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले शारीरिकरूपमा आफूलाई चुस्तदुरुस्त राख्नको लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने हुँदा क्लबले गर्न लागेको कामको प्रशंसा गरे ।
पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टीमको सहभागिता रहेको छ ।
Comments are closed.