तनहुँ २४ पुस-
अधिकतम मूल्य भन्दा वढी रकम असुल्ने तनहुँका दुई जना व्यापारीहरु जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले घासिकुवाँ गाविस स्थित पृथ्वीराजमार्गमा पर्ने कल्चर भिलेज एण्ड रेष्टुरेन्टका म्यानेजर कुशल सिग्देल र अर्का कर्मचारी प्रदीप कौडललाई कालावजारी तथा सामाजिक अपराध ऐन अन्र्तगत जिल्ला अदालतमा मुद्धा दर्ता गरेकोमा जिल्ला प्रशासन कार्यालय तनहुँले विहीवार उनीहरुलाई धरोटीमा रिहा गरेको हो ।
उक्त रिर्सोटमा अधिकतम मूल्य ८० पर्ने डाइजेष्टीभ विस्कुटलाई रु ३०० रुपैयाँ लिएको र ३० रुपैयाँ पर्ने रियल जुसलाई ५० रुपैयाँ लिएको भनि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा उजुरी परेकोले विभागद्वारा नै आवश्यक कारवाही गर्न निर्देशन दिएपछि प्रक्रिया अघि वढाइएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु गत शुक्रवार पक्राउ परेका हुन् । उक्त घटना पश्चात होटल संञ्चालक मोती थापा भने हालसम्म फरार रहेको वुझिएको छ ।
खाद्य वस्तुमा मिसावट र ग्याँस पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरी सेवाग्रहीलाई दुख दिने र ठगी गर्ने व्यवसायीहरुको नामवली गोप्य रुपमा दिन समेत जिल्ला प्रशासन तनहुँले सर्वसाधारणलाई आग्रह गरेको छ ।
-सानेवहादुर नेपाली
Comments are closed.