मदरल्याण्डमा शिक्षक अभिभावक अन्तरक्रिया

पोखरा, १७ पुस-
पोखराको मासबारमा रहेको मदरल्याण्ड उच्च मा.वि.मा यहि पुस १० र १३ गते गरी कक्षा १ देखि कक्षा ५ सम्मको शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम भएको छ । यसै शैक्षिक सत्रको भदौ २१ गतेबाट शुभारम्भ भएको कार्यक्रमलाई शनिबार तथा विदाका दिनहरूमा पनि निरन्तरता दिईएको हो । अहिलेसम्म प्रि नर्सरीदेखि कक्षा १२ सम्मको शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सकिएको छ ।
विद्यालय निर्देशक त्रिभुवन शर्माले “डर” का कारण विद्यार्थी जीवन मात्रै होइन, सिङ्गो मानव जीवन नै धरापमा पर्ने हुँदा शिक्षक, अभिभावक र विद्यालय सबै पक्ष बालमैत्री वातावरण सृजनामा समर्पित बन्नुपर्ने बताए । उनले प्रत्येक बच्चाहरू आफैँमा विशिष्ट हुने हुँदा कुनै पनि अभिभावकले आफ्ना बच्चा कसैसँग पनि तुलना नगरिदिऊन् भन्ने कुरामाथि जोड दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बरालले बालबच्चाहरू हाम्रा साझा चिन्ताका विषय भएको हुँदा उनीहरूको समुज्ज्वल भविष्य निर्माणमा असल वातावरण तयार पार्न सबै पक्ष लाग्नुपर्ने बताए । कार्यक्रममा शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
विद्यार्थी पत्रकार कृष्ण थापा

Comments are closed.