पोखरा, १३ पुस
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेसनमा सहभागी हुन जाने क्रममा बस दुर्घटनामा परी घाईते भएका पत्रकार बसन्तराज अधिकारीको उपचार खर्च ब्यहोर्न सगुन यातायातले गरेको ढिलासुस्तीको पत्रकारहरुले विरोध गरेका छन् ।
आइतबार पोखरामा आयोजित कार्यक्रममा उपस्थित अधिकांश पत्रकारले पूर्व सहमतिअनुसार सगुन यातायातले उपचार खर्च व्यहोर्नुपर्नेमा अनेक बहानामा ढिलाई गर्न खाजेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । तत्काल उपचारमा लागेको खर्च उपलब्ध गराउनुपर्नेमा जोड दिदै उनीहरुले अब पनि आलटाल गरे सगुन यातायातका विरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष ज्ञवालीले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने उपचार खर्चका लागि सरोकारवालाहरुसँग छलफल भईरहेको र कानुनी प्रक्रियामा जानुपरेपनि महासंघ तयार रहेको जानकारी गराएका थिए ।
यसैबीच, जापान भ्रमणमा जान लागेका नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुलीलाई पोखराबाट आइतबार बिदाई गरिएको छ ।
नेपाल प्रेस युनियन कास्कीले कार्यक्रम गरी उनलाई बिदाई गरेको हो । कार्यक्रममा पोखराका अग्रज र युवा पत्रकारहरुले उनलाई खादा र माला लगाइदिएर बिदाई गरेका थिए ।
उनी आइतबार राजधानी प्रस्थान गरेका छन् भने मङ्गलबार जापानका लागि प्रस्थान गर्ने छन्। उनी जनवरी १२ सम्म जापानमा रहने छन् । जापानस्थित हेप्पी साइन्स नामक संस्थाका सदस्य आचुसी सिवाताको निमन्त्रणामा उनी जापान जान लागेका हुन् । भ्रमणका क्रममा उनले हेप्पी साइन्स संस्थाको निको नासुसोझा, हामानाको, नागोया शाखा सहित नागोया, टोकियो, उत्सोनोमिया लगायतका स्थानहरुको भ्रमण गर्नेछन् ।
Comments are closed.