पोखरामा भेटियो बर्ड फ्लु

 

Photo: Bharat Koirala

पोखरा, फागुन १४ गते । पर्यटकीय शहर पोखरामा वर्ड फ्लू को संक्रमण भेटिएको छ । पोखरा १८ खाल्टेमसिना स्थित एक घरमा पालेको हासमा वर्ड फ्लु को संक्रमण भेटिएको हो । स्थानिय मीना परियारको घरमा पालेको हासमा बर्ड फ्लू को संक्रमण भेटिएको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ ।

गत फागुन ६ गते एक्कासी हास मरेपछि परिक्षणका लागि काठमाडौं पठाइएकोमा वर्ड फ्लू को संक्रमण पुष्टि भएको हो । परियारले पालेको २० हास मध्ये १७ वटा हास र ११ कुखुरा मरिसकेको बरिष्ठ पशु चिकित्सक डा. केदारराज पाण्डेले जानकारी दिए । मरेको हासबाट लिइएको नमुना परिक्षणका क्रममा वर्ड फ्लूको जिवाणु एच फाइभ एन एक पुष्टी भएपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रलाई सिल गरी अन्य पक्षीजन्य पदार्थ नष्ट गर्ने काम थालिएको छ । सो क्षेत्रमा झण्डै एक सय लोकल कुखुरा र दुई सय हास रहेको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा चार किल्ला तोकेर पंक्षीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको छ ।

संक्रमण देखिएको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी आगामी ४२ दिन सम्मका लागि पंक्षी र पंक्षीजन्य पदार्थ आयात निर्यातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले जानकारी दिए । कास्कीका झण्डै तीन सय ब्यवसायीक फर्ममा करिब ८ लाख कुखुरा रहेको अनुमान गरिएको छ ।

Comments are closed.