पोखरा, २२ पुस-
पृथ्वीनारायण क्याम्पस, कानुन संकाय अन्तर्गत वि.ए.एल्.एल्.वि.मा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राखेर मागपत्र पेश गरेका छन् ।
कानुनी शिक्षालाई अन्तराष्ट्रिय स्तरको बनाइनुपर्ने, पृथ्वीनारायण क्याम्पसको शैक्षिक वातावरणलाई सुदृढ बनाइनुपर्ने, कानुनी अध्ययन अनुसन्धानको निम्ति पर्याप्त स्रोत साधनको उपलब्ध मिलाउनुपर्ने भन्दै उनीहरुले विभिन्न शान्तिपूर्ण संघर्षको कार्यक्रमहरु समेत घोषणा गरेका छन् ।
संघर्षको पहिलो दिन सोमबार क्याम्पस प्रमुख समक्ष माग पत्रहरु पेश गरिएको छ ।
क्याम्पसमा रहेको विकृति र शैक्षिक भ्रष्टाचार ढिलासुस्ती जस्ता फोहर मैलालाई हटाउनको लागि सांकेतिक रुपमा क्याम्पसको फोहोर मैला संकलन तथा जलाउने काम गरिएको छ ।
संघर्षको कार्यक्रम स्वरुप मंगलबारदेखि निरन्तर शान्तिपूर्ण तवरबाट अन्य कार्यक्रमलाई जारी राखिने संघर्ष समितिले जनाएको छ ।
Comments are closed.