पुष १४, पोखरा,
रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी १६ औं पोखरा सडक महोत्सवमा सोमबार विभिन्न साँस्कृतिक एवं खेलकुदका कार्यक्रमहरु भएका छन् । महोत्सवको मुख्य केन्द्र बसुन्धरापार्कमा हास्य कलाकार मनोज गजुुरेलको प्रस्तुतीमा दर्शक पेट मिचिमिच हाँसे भने सम्झना लामिछाने मगरले दर्शकलाई नचाइन् । त्यसैगरि प्रजापति पराजुली, कृष्ण देवकोटा, जीवन दाहालको प्रस्तुतीमा पनि दर्शक झुमेका थिए । राति द इलेक्ट्रीक व्याण्ड र सविन राई तथा स्थानिय व्याण्डहरुको प्रस्तुतीमा दर्शक रमे भने लक्ष्य व्याण्डले खहरेचोकमा लाइभ कन्सर्ट गरेको थियो भने टि–टाइम अगाडी राम लामाको साँस्कृतीक समुहले सडकमा मनोरञ्जन प्रदान गरेको थियो ।
खेलकुदतर्फ वेटर रेश र बोट रेश भए । खहरेचोक स्थित बिल्ली बण्टर रेष्टुरण्ट अगाडीबाट शुरु भएको वेटर रेशमा लेक भ्यु रिसोर्टका यादवराज शर्मा प्रथम, ब्यञ्जन रेष्टुरेण्टका हिम राना द्धितिय तथा लेक भ्यु रिसोर्टकै नवराज जम्मरकटेल तृतीय भए । महिलातर्फको प्रतिस्पर्धामा गोर्खा रेष्टुरेण्टका सरस्वती गुरुङ्ग प्रथम, ब्यञ्जन रेष्टुरेण्टका युनिका लामा द्धितिय तथा राइस एण्ड बलका रोमा थापा तृतीय भइन् । प्रतियोगिताका विजेताहरुले क्रमश नगद रु ५ हजार ३ हजार र २ हजार साथमा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
बोट रेशतर्फ देव आलेमगर, दिपक आलेमगर र विवेक गुरुङ्गको बाराही घाट ‘डि’ प्रथम, ध्रुव कार्की, अजय गउड र अजय गुरुङ्गको बाराही घाट ‘सी’ द्धितिय, गोपी गुरुङ्ग, मनिष लामिछाने र अकर्ण पौडेलको बाराही घाट ‘ए’ तृतीय भयो भने जीवन सुवेदी, गौतम भुजेल र सन्तोष गुरुङ्गको गौरिघाट समुह सान्त्वना भयो । उनीहरुले क्रमश नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार रुपैयाँ साथमा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई महोत्सवका संयोजक चौबहादुर गुरुङ्ग र कामना गुरुङ्गले पुरस्कार वितरण गरे । यसअघि सम्पन्न स्टाफ रेसमा फेवा थकाली भान्साघरका देवराज थापा मगर प्रथम, लक्ष्मण रेष्टुरेण्टका दिवश नेपाली द्धितिय, गोर्खाज रेष्टुरेण्टका अविनास रानाभाट तृतीय तथा दौडमा सहभागि महिला खेलाडी रोमा थापालाई सान्त्वना पुरस्कार प्रदान गरिएको खेलकुद संयोजक हरि भुजेलले जानकारी दिए । उनीहरुले क्रमश ः नगद रु ७ हजार, ५ हजार, ३ हजार तथा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उनीहरुलाई महोत्सवका सह–संयोजक विष्ण बानियाँले पुरस्कार वितरण गरेका थिए ।
महोत्सवमा आज (मंगलबार) पशुुपति शर्मा मुख्य आकर्षणको रुपमा रहेन छन् भने राति एक्स व्याण्डको लाईभ कन्सर्ट रहने छ । मंगलबार नै स्थानिय कलाकारहरुको हाँस्यव्यँग्य पनि रहने रेवान पोखराका महासचिव लक्ष्मण बरालले जानकारी दिए ।
Comments are closed.