पोखरा, १३ पुस ।
नेपालका लागि भारतीय राजदुत रन्जित रे ले पोखराबाट भारतसम्म सिधा हवाई सेवा संचालन गर्न सके भारतीय पर्यटक अझै बढन सक्ने बताएका छन् । उनले पर्यटन विकासका लागी आवश्यक पूर्वाधार महत्वपूर्ण रहेको बताउँदै पोखराको पर्यटन क्षेत्रको विकासका लागी भारतीय सरकार तयार रहेको बताए । ‘पोखराको पर्यटनको विकासका लागी मास्टर प्लान निर्माण गरेर जानुपर्ने र त्यसका लागी सहयोग गर्न तयार छ ।’ उनले भने । नेपाल भारत खुल्ला सिमा रहेको बताउदै सिमा क्षेत्रमा समस्या रहेको र त्यसलाई समाधान गर्न जरुरी रहेको समेत रे ले बताए ।
राजदुत रे ले पोखराको पर्यटन विकासका लागि सरकार, निजी क्षेत्र र भारत सरकारबीच त्रिपक्षीय सम्झौता हुन सके थप फाइदा पुग्ने बताए । १६ औं पोखरा सडक महोत्सवको आइतबार पोखरामा उद्घाटन गर्दै उनले नेपाल र भारतीय जनताबीच सँस्कृति सिक्ने अवसर समेत सडक महोत्सवले दिएको बताए ।
उनले पोखरा सुन्दर शहर र तालैतालको शहर भएको बताउँदै फेवाताललाई जलकुम्भी झार मुक्त बनाउन आफुले पहल गर्ने समेत बताए । फेवातालमा जलुकम्भीको समस्या समाधानका लागी केरलामा रहेको मेसिन ल्याएर उपयोग गरेर मुक्त बनाउन सकिने भएकाले त्यसको लागि प्रस्ताव ल्याउन समेत उनले आग्रह गरे ।
१६ औं सडक महोत्सव सुरु
पोखराको पर्यटकीय क्षेत्र लेकसाइड झिलिमिलि बनेको छ । रंगिविरंगि ध्वजापताकाले सडक सजिएको छ । सडक छेउका रुख तथा बोटहरुमा झिलिमिली बत्ति हालिएका छन् भने सडकको वारीदेखि पारिसम्म विभिन्न रेष्टुरेण्ट तथा होटलहरुले स्वागतद्वार बनाएका छन् ।
अँगे्रजी नयाँ वर्ष २०१५ का अवसरमा रेवान पोखराको आयोजनामा लेकसाइडमा १६ औं पोखरा सडक महोत्सव शुरु भएको छ । महोत्सव आयोजना तथा लेकसाइडका स्थायिनहरुले यसैको अवसरमा लेकसाइडलाई यसरि सजाएका हुन् । पाँच दिन सम्म चल्ने महोत्सवको भारतिय राजदूत रणजीत रे ले उद्घाटन गरे । उद्घाटन अगाडी हल्लनचोकबाट विभिन्न साँस्कृतीक झाँकि सहितको ¥यालि निकालिएको थियो ।
¥यालि महोत्सवको तीन किलोमिटर क्षेत्र पार गर्दै महोत्सवको मुख्यस्थल बसुन्धरा पार्कमा पुगेको थियो । ‘सडकमै खाउँ सडकमै नाचौ सडकमै’ भन्ने मूल नारासहित आयोजित पाँचदिने महोत्सवमा सडकमा विभिन्न खानाका परिकार, सडकमै लाइभ कन्सर्ट, साँस्कृतीक कार्यक्रम तथा मनोरञ्जनात्मक खेलकुदका प्रतियोगिताहरु सञ्चालन हुनेछन् । महोत्सवको मुख्य स्थल सुन्धरापार्कमा लोक तथा दोहोरी गितका राष्ट्रिय कलाकारहरुको प्रस्तुति, हाँस्यकलाकारहरुको प्रहसन, लाइभ ब्याण्ड तथा रेष्टुरेण्टहरु रहनेछन् ।
Comments are closed.