श्रेष्ठ सानो परि र गौतम सानो परि बने

पुस १३, पोखरा
पोखरामा भएको दशौं संस्करणको “सानो परि एण्ड सानो बाबु २०१४” ट्यालेन्ट कन्टेस्टको सानो परिको उपाधी बाल कल्याण बोर्डिङ्ग स्कूलकी १० बर्षीय सभ्यता श्रेष्ठले हात पारिन् भने सानो बाबुको उपाधी बेसलाइन ऐकेडेमी स्कुलका १० बर्षीय रेडियम गौतमले जितेका छन् ।
पोखरा भरिका २२ विद्यालयका ३२ जना प्रतियोगिहरुले सहभागिता जनाएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै “सानो परि एण्ड सानो बाबु २०१४” ट्यालेन्ट कन्टेस्टको दशौं संस्करणमा उपाधी पाउन सफल सभ्यता र रेडियमले विजेताको क्राउन र मेडल सहित १०–१० हजार रुपैयाँ नगद पनि पाए ।
प्रतियोगितामा परि तर्फ प्रतिभा बोडिङ्ग स्कुलकी १० बर्षीय बिनिता जीसीले फस्ट रनरअप, बाल कल्याण बोडिङ्ग स्कुलकी ११ बर्षीय प्राप्ती गुरुङले सेकेन्ड रनरअप, कुमुदिनी होम्सकी ९ बर्षीय अजस्वी रेग्मीले थर्ड रनरअप, र प्रतिभा बोडिङ्ग स्कुलकी ८ बर्षीय सोफिया दाहालले फोर्थ रनरअफको उपाधी हात पारिन् । त्यसै गरि बाबु तर्फ मडरल्याण्ड उच्च मा.बि.का १० बर्षीय मौसम अधिकारीले फस्ट रनरअप, डिज्नील्याड एकेडेमीको ९ बर्षीय ओम आयुष शाले सेकेन्ड रनरअपको उपाधी प्राप्त गरे ।
उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई परिचय, प्रश्नउत्तरका साथै लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाईएको थियो । प्रतिस्पर्धीमध्ये सानो परि तर्फ अन्य २० जनाले बिभिन्न सबटाइटल र बाबुतर्फ ७ बटा सबटाइटल प्रदान गरिएको थियो ।

Comments are closed.