सगरमाथा चढ्न लागेका श्रेष्ठलाई सहयोग

पोखरा १३ पौष
सगरमाथा आरोहण अभियानमा रहेका एच.आइ.भि. सक्रमित गोपाल श्रेष्ठलाई आइतबार ५० हजार आर्थिक सहयोग गरिएको छ । समाज सेवी श्रीप्रसाद गुरुङका छोरा नरजङ्ग गुरुङले श्रेष्ठलाई रकम सहयोग गरेका हुन । नरजङ्गका काका चन्द्र बहादुर गुरुङले आइतबार आयोजित कार्यक्रममा गोपाल श्रेष्ठ र एच.आइ.भी.सक्रमित गोपाल श्रेष्ठ सगरमाथा आरोहण समिति पोखराका अध्यक्ष विश्व मोहन गौचनलाई रकम हस्तान्तरण गरे । कार्यक्रममा गैर सरकारी संस्था महासंघका कास्कीका उपाध्यक्ष पदम राज पहारी, साहारा क्लवका अध्यक्ष विरभद्र आचार्य, जिल्ला जनस्वास्थ कार्यलय कास्कीका नानीबाबु ढकाल, पर्यटन व्यवसायी इन्दीरा बराल, जनजाति समन्वय समितिका संयोजक काजीमान गुरुङ लगायतका बक्ताले एच.आइ.भी.सक्रमित श्रेष्ठको सगरमाथा आरोहण अभियानमा आर्थिक सहयोग गर्न सबैमा आह्वान गरे ।

Comments are closed.