सिक्किमका राज्य मन्त्रीलाई पोखरामा स्वागत

पोखरा १७ पौष-
तमु ह्युल छोँज धीं गुरुङ्ग राष्ट्रिय परिषद कास्कीले भारत सिक्कीमका पुल तथा संस्कृति राज्यमन्त्री गर्जामान गुरुङलाई स्वागत गरेको छ ।
जम्बो टोलि सहित नेपाल भ्रमणका क्रममा पोखरा आएका राज्यमन्त्री गुरुङलाई बिहीबार एक कार्यक्रमकाबीच तमु ह्युल छोँज धीं गुरुङ्ग राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दल बहादुर गुरुङले स्वागत गरेका हुन् ।
भ्रमणका क्रममा बुधबार धर्मपत्नी सहित पोखरा आएका राज्य मन्त्री गुरुङ सहितको टोलिलाई अध्यक्ष गुरुङले धम्पुसमा स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा तमु ह्युल छोँज धीं गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रीय प्रचार सचिव मनोज गुरुङु, तमु विद्यार्थी छोँज धीं केन्द्रीय उपमहासचिव रिम गुरुङ, जिल्ला अध्यक्ष भुपाल गुरुङ लगायतको उपस्थिति थियो । राज्य मन्त्री गुरुङले पर्यटकिय नगरि धम्पुसमा स्वागत गरेकोमा संस्था प्रति धन्यवाद दिँदै सिक्कीम भ्रमणको लागि निमन्त्रणा दिए ।
उनले नेपालको गुरुङ संस्था संग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउदै समुदायका लागिसहयोग गर्न सदैव तयार बताए ।

Comments are closed.