स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम

पोखरा, १९ पुष ।
लायन्स क्लव अफ पोखरा अन्नपुर्ण, लायन्स क्लव अफ पोखरा गण्डकी र लायन्स क्लव अफ् पोखरा समर्पणको संयुक्त आयोजनामा शनिबार स्तन क्यान्सर सम्वन्धी जनचेतनामुलक कार्यक्रम भएको छ ।
कार्यक्रममा विपि मेमोरियल क्यान्सर हस्पीटलका डा. भक्तमान श्रेष्ठले सहजीकरण गरेका थिए । उनले क्यान्सर कस्तो रोग हो ? स्तन क्यान्सर कसरी लाग्छ, लक्षणहरु, लाग्न नदिन के गर्ने लगायतका बारेमा जानकारी गराएका थिए ।
क्यान्सर रोग निको हुने रोग भएकाले लागेको शंका लागेमा हस्पीटलमा गएर जचाउन समेत अनुरोध गरे । उनका अनुसार विश्वमा एक करोड ३२ लाख क्यान्सर रोगवाट पीडित छन् भने ४० हजारको मृत्यु भैसकेको छ ।
कार्यक्रममा लायन योगेन्द्र प्रधान र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले यस्ता जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

Comments are closed.