पोखरा २२ पौष-
ब्रेन ट्युमरको थप उपचारका लागि दिल्लीस्थित बिएलके हस्पिटलमा भर्ना भएका पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारका लागि पोखरामा आर्थीक संकलन सुरु भएको छ ।
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य ऋषिकान्त पौडेल र गण्डकी अञ्चल संयोजक टंकराज अधिकारीको समन्वयमा आर्थिक संकलन सुरु भएको हो । क्षेत्रीको उपचारका लागि शुरु गरिएको कार्यमा पोखरामा मंगलबार कुल १८ हजार रुपैयाँ नगद संकलन भएको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए ।
अहिलेसम्म लस्ट सोसाईटी संस्था पोखराका अध्यक्ष अमनविक्रम थापाले पाँच हजार रुपैयाँ, पोखरा हटलाईन राष्ट्रिय दैनिकका तर्फबाट दुई हजार पाँच सय रुपैया, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले दुई हजार रुपैयाँ, केन्द्रीय सदस्य ऋषिकान्त पौडेलले एक हजार रुपैयाँ र अञ्चल सचिव टंकराज अधिकारीले एकहजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
त्यसैगरी, युनियनका कास्की अध्यक्ष शिरोमणी बरालले एक हजार रुपैया, सचिव प्रकाशचन्द्र सापकोटाले एक हजार रुपैया, युवा नेता ललित गुरुङले एक हजार रुपैयाँ, ज्योतीष भविष्य वाणी साप्ताहिकका डाक्टर बलराम उपाध्यायले एक हजार रुपैया, पत्रकार नविन सिग्देलले एक हजार रुपैयाँ, युनियनका जिल्ला सदस्य नवराज त्रिपाठीले पाँच सय रुपैयाँ, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य विष्णु बहादुर क्षेत्री र आदिवासी जनजाती जिल्ला समन्वय समिति कास्कीका उपाध्यक्ष अशोक कुमार भट्टचनले जनही पाँच–पाँच सय रुपैया नगद सहयोग गरेका छन् ।
नेपाल प्रेस युनियनका सचिव श्रमजीवी पत्रकार एवं गीतकार सूर्य कुमार क्षेत्रीे काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया पश्चात् चिकित्सकको परामर्श बमोजिम करिब ४५ दिनको थेरापीका लागि हाल दिल्लीस्थित बिएलके अस्पतालमा छन् ।
कुशल पत्रकारका साथै संगीतकर्मी क्षेत्रीले सयौं लोक तथा दोहोरी तथा आधुनिक गीतहरु रेकर्ड भएका छन् जसमध्ये चर्चित गीतहरुमा डाली पलायो, उडी जाने जेट, धानको सिरौंला, धोका दिनेलाई के भनँु र खोई, लगायत दर्जनौं गीत रहेका छन् । श्रमजीवी पत्रकार क्षेत्रीको उपचारको लागि नेपाल सरकार, मन्त्री परिषदको बैठकले ५ लाख सहयोग गर्ने निर्णय गरेको छ यसै गरि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, अन्नपूर्णका पत्रकारहरुबाट, रासस पत्रकार, नयाँ पत्रिका, लोक दोहोरी प्रतिष्ठान लगायत अन्य संघ सस्थाले सक्दो सहयोग गरिसकेको छ ।
क्षेत्रीको उपचारका लागि पोखरामा गरिएको आर्थिक संकलन अभियानबाट जम्मा हुने रकम केहि दिनमै नेपाल प्रेस युनियन केन्द्रीय समितिमार्फत पठाईने जानकारी गराउँदै केन्द्रिय सदस्य पौडेलले यथासक्दो सहयोग गर्न आग्रह पनि गरेका छन् ।
Comments are closed.