पोखरा, १५ पुस-
तमुवान सहितको संघीय समावेशी संविधान, ल्होछार नेपाली राष्ट्रिय पहिचान नाराका साथ तमु धिं नेपालले पुस १० गतेदेखि शुरु गरेको ल्होछार कार्यक्रम मंगलबार सकिएको छ ।
तमु धिं नेपाल नयाँबजारमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका लामो समयदेखि सेवा प्रदान गर्दै आएका पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख गणेबहादुर तमु दश हजार रुपैयासहित डा.हर्क—चन्द्र—सन्त स्मृति सम्मानबाट सम्मानित भएका छन् ।
उनलाई सभासद तुलबहादुर तमुले सम्मान पत्रसहित सम्मान गरे ।
यसरी नै कार्यक्रममा तमु समाजमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका तमु धिं नेपालमा ६ कार्यकाल उपाध्यक्ष भई सेवा प्रदान गरेका भद्रबहादुर घले, दश हजार रुपैया र सम्मानपत्रसहित स्वर्गीय कर्णेल तीर्थकुमारी तमु समाज सेवा सम्मान, स्वर्गीय तमु आदिकवि हर्क तमु स्मृति कोषबाट लोकसँस्कृति र तमु जातिको कला सँस्कृतिमा योगदान पुर्याएको भन्दै स्वर्गीय लोकबहादुर तमुलाई मरणोपरान्त र लामो समय समाज सेवा गर्नुभएकी जोगीमणी तमु समाज आमा समितिका अध्यक्ष केशरी तमु जनही सत्र हजार रुपैया र सम्मानपत्रसहित सम्मानित भए ।
ल्हु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालद्धारा आयोजित अन्तिम दिनको कार्यक्रममा आकृति स्मृति अक्षयकोषबाट खिलाङ तमु समाजका ज्योति तमु र हल्जेभाई तमु समाजका दिपु तमुलाई, यसरी नै तमु धिं नेपाल छात्रवृत्तिबाट तमु विद्यार्थीहरु मध्ये कास्कीबाट सर्वोत्कृष्ठ अंक प्राप्त गरेका रमेश तमु र कृपा तमु जनही पाँच पाँच हजार रुपैया, प्रमाणपत्र सहित खादा पुर्व राज्य मन्त्री समेत रहेका तुलबहादुर तमु, आकृतिका बुबा र तमु धिं नेपालका कार्यवाहक अध्यक्ष कर्णेल रामकाजी तमुले वितरण गरेका थिए ।
यसैबीच, दृष्टिविहीन छात्र फारसुब्बा तमुलाई कसमस इन्टर नेशनल कलेजका कार्यकारी निर्देशक तेजबहादुर तमुले दश हजार रुपैयाँ हस्तान्तरण गरे ।
कार्यक्रममा विष्णुकुमार तमुले आफ्नो छोरा स्वर्गीय सुनिल तमुको स्मृतिमा स्थापित तमु विद्यार्थी समितिद्धारा सञ्चालित सुनिल तमु स्मृति कोषबाट कालिका पब्लिक कजेलकी अञ्जु तमु, शुक्रराज बलभद्र उच्चमाविकी माया तमु, शुक्रराज बलभद्रकै विकेश तमु र जनप्रियका सुर्यकुमार तमु जनही पाँच हजार रुपैया छात्रवृत्ति प्राप्त गर्नुभयो भने तमु धिं नेपालका महासचिव रुद्रकुमारी तमु (मैना)द्धारा वार्षिक रुपमा प्रदान गर्दै आएकी सिए कमला तमु छात्रवृत्तिबाट महेन्द्र उच्चमाविकी हिरामाया तमु र सचिन तमु छात्रवृत्तिबात कालिकाकी विमला तमुले दुई दुई हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गरिन् ।
कार्यक्रममा लोकदोहोरी र विविध साँस्कृतिक प्रस्तुतीहरु गरिएको थियो ।
Comments are closed.