तनहुँ, १९ पुस-
तनहुँको व्यास नगरपालिकास्थित काउलेपट्टीमा हजुरबुबा र नातिनी मृत अवस्थामा फेला परेका छन् ।
शनिबार दिउँसो साढे १ बजेतिर स्थानीय ७० वर्षका शंकर विक र उनकी नातिनी १६ वर्षिया मनिषा विक मृत अवस्थामा फेला परेका हुन् ।
मृतक दुवैको शरिरका विभिन्न भागमा धारिलो हतियार प्रयोग गरेको भेटिएको छ । घटनास्थलबाट हँसिया र बन्चरो फेला परेको छ । घटनाको प्रकृति हेर्दा दुवैजनाको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रहरीले घटनास्थलमा पुगी अनुसन्धान थालेको जनाएको छ ।
Comments are closed.